स्थानीयको अवरोधपछि गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य स्थगित (विज्ञप्तिसहित)

चितवन । धुर्मुस सन्तली फाउन्डेशनको अगुवाइमा चितवनमा निर्माण सुरु भएको गौतम बुुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको कार्य स्थगित भएको छ ।


निर्माणाधीन अवस्थामा रहेको रंगशालाको बार बुधबार बिहान स्थानीयले कम्पाउन्डीङ गरेको तारबारलाई डोजर लगाएर भत्काइदिएपछि निर्माण कार्य स्थगित गरिएको धुर्मुस सुन्तली फाउण्डेशनले विज्ञप्तीमा मार्फत जनाएको छ ।


निर्माण कायमा जुटिरहेका कामदार र कर्मचारीको ज्यान र धनकोे सुरक्षामा खतरा पर्ने बताउँदै विवाद समाधान नहुन्जेल काम रोकिएको फाउण्डेशनले विज्ञप्तीमा उल्लेख गरेको छ ।


नेकपाका स्थानीय नेता प्रकाश कँडेलको नेतृत्वमा रहेका एक समूहले रंगशाला निर्माण स्थल नजिकै बाटोको माग गर्दै डोजर प्रयोग गरेर बुधबार बिहान जस्ता र तारबारले घेरिएको कम्पाउन्डलाई भत्काएको थियो ।

२०७६ जेष्ठ १६, बिहीबार मा प्रकाशित