एन्फाद्वारा मैत्रिपूर्ण खेल्ने फुटबल टोलीलाई विदाई

काठमाडौं । मलेसिया र चाईनिज ताइपेइसँग हुने दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा सहभागि जनाउने नेपाल टोलीलाई बिहीबार अखिल नेपाल फुटबल संघले विदाई गरेको छ ।

मैत्रिपूर्ण खेल अन्र्गगत नेपालले पहिलो खेल मलेसियासँग आइतबार खेल्नेछ भने ६ जुनमा चाइनिज ताइपेइसँग दोस्रो मैत्रिपूर्ण खेल्नेछ । यस अघि एन्फाले विराज महर्जनको कप्तानीमा २३ सदसीय नेपाली टोलीको नाम सार्वजनिक गरेको थियो ।

सार्वजनिक टोलीमा मुख्य स्ट्राइकर विमल घर्ती मगर र भरत खवास छैनन् । उनीहरुको फिटनेसको कारण देखाउँदै प्रशिक्षकले टोलीमा समावेश गरेका थिएनन् । मैत्रिपूर्ण खेलका लागि अभिषेक रिजालले पहिलो पटक राष्ट्रिय टोलीको जर्सी पहिरिनेछन् ।

टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव कृष्ण प्रसाद देवकोटा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगाएतले विदाई गरेका थिए ।

नेपाली टिमः

गोलकिपरः किरण कुमार लिम्बु, विकेश कुथु , एलेन न्यौपाने , रक्षकः विराज महर्जन (कप्तान), अनन्त तामाङ, सरोज दाहाल, अजित भण्डारी, रजिन धिमाल, रबि सिलवाल, सुमन अर्याल, देवेन्द्र तामाङ, मिडफिल्डरः रोहित चन्द, बिक्रम लामा, सन्तोष तामाङ, सुनिल बल, रबि पासवान, सुजल श्रेष्ठ, बिशाल राई, तेज तामाङ स्ट्राइकरः अभिषेक रिजाल, अन्जन बिष्ट, बिमल राना, नवयुग श्रेष्ठ

२०७६ जेष्ठ १६, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment