पाकिस्तान वेस्ट इन्डिजविरुद्ध निरिह, क्रिस गेलको उत्कृष्ट इनिङ

एजेन्सी । ओपनर क्रिस गेलको अर्धशतकको मद्दतमा शुक्रबार वेस्ट इन्डिजले पाकिस्तानमाथि ७ विकेटको सहज निकालेको छ । यो सँगै क्यारेवियन टोली इन्डिजले प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

२१.४ ओभरमा पाकिस्तानले प्रस्तुत गरेको १ सय ९ रनको सहज लक्ष्य वेस्ट इन्डिजले १३.४ ओभरमा मात्र ३ विकेट गुमाउँदै पूरा गरेको थियो । खेलमा वेस्ट इन्डिजका ओपनर गेलले ५० तथा निकोलास पुरनले अविजित ३४ रनको योगदान गरे । गेलले ११औं ओभरको पाँचांै बलमा मोहम्मद आमिरको बलमा साडाब खानबाट क्याच हुनुअघि ३४ बलमा ६ चौका र ३ छक्का प्रहार गरेका थिए । खेलमा ३ छक्का प्रहार गरेका गेलले विश्वकप क्रिकेटमा सर्वाधिक ४० छक्का प्रहार गर्ने कीर्तिमानसमेत रचेका छन् । यसअघि दक्षिण अफ्रिकाका एबी डे भिलियर्सको नाममा ३७ छक्काको कीर्तिमान थियो ।

गेललाई साथ दिएको साइ होपसँग पहिलो विकेटका लागि ३६ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई गतिलो सुरुआत दिलाउन मद्दत गरेका थिए । १७ बलमा १ चौकाको मद्दतमा ११ रन जोडेका होपलाई आमिरले मोहम्मद हाफिजबाट समातिए ।

गेलले तेस्रो विकेटका लागि ३१ रनको साझेदारी गर्दै वेस्ट इन्डिजलाई सहज जितर्फ अघि बढाएका थिए । चौथो विकेटका लागि पुरनले अविजित २९ रनको साझेदारी गरेपछि वेस्ट इन्डिजको सहज जितले पूर्णता पाएको थियो । पुरनले १९ बलमा ४ चौका र २ छक्का प्रहार गरे । बलिङ तर्फ पाकिस्तानका आमिरले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान २१.४ ओभरमा मात्र १ सय ५ रनमा अलआउट हुन पुगेको थियो । पाकिस्तानका ४ खेलाडीले मात्र दोहोरो अंक छोएका थिए । अन्य ब्याट्सम्यान सस्तैमा पवेलियन बाटो लागेका थिए । पाकिस्तानका ओपनर फखर जमान र बाबर आजमले समान २२ रनको योगादान गर्दा वाहव रियाजले १६ र हाफिजले १६ रनको योगदान गरे ।

पाकिस्तानलाई सस्तोमा सीमित पार्ने क्रममा वेस्ट इन्डिजका ओसाने थोमसले ५.४ ओभरमा २७ रन खर्चदै ४ विकेट लिए भने भने कप्तान जेसन होल्डरले ५ ओभरमा ४२ रन खर्चंदै ३ विकेट लिए। यता अलराउन्डर आन्द्रे रसेलले ३ ओभरमा १ मेडनसहित ४ रन खर्चंदै २ विकेट लिए ।

२०७६ जेष्ठ १७, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment