एपिएपफ सेमिफाइनलमा

काठमाडौं । साविकको विजेता एपिएफले गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्दै राजधानीमा जारी तेस्रो प्रधानमन्त्री एक दिवसीय क्रिकेट प्रतियोगितको सेमिफाइलनमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत कीर्तिपुरमा भएको खेलमा प्रदेश १ ले कर्णाली प्रदेशलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गर्दा कर्णाली प्रदेशको प्रधानमन्त्री कप यात्रा समाप्त भएको छ ।

प्रतियोगितामा लगातार तेस्रो जित हात पार्दा एपिएफले १ सय २० बल बाँकी रहँदै गण्डकीले दिएको १ सय २६ रनको लक्ष्य भेटाउन सफल भएको थियो । एपिएफका लागि शरद भेषावाकरले अविजित ३५ रनको इनिङ्स खेल्दा प्रदिप ऐरीले ३३ तथा आशिफ शेखले २० रनको योगदान गरेका थिए । बलिङ तर्फ गण्डकीका दिपेश श्रेष्ठले सर्वाधिक ३ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको गण्डकी ४१.२ ओभरमा सबै विकेट गुमाएर १ सय २५ रन जोड्न सफल भएको थियो । गण्डकीका लागि दिपेश श्रेष्ठले सर्वाधिक २७ रन प्रहार गरेका थिए भने अन्य ब्याट्सम्यानले राम्रो स्कोर छुन सकेनन् । अर्को खेलमा प्रदेश–१ ले प्रस्तुत गरेको २ सय २९ रनको लक्ष्य पछ्याएको कर्णाली २० ओभरमा ४७ रनमै समेटिँदा लज्जापूर्ण हार बेहो¥यो ।

कर्णालीका नितिन रावलले मात्र दोहोरो अंकमा रन बटुल्दा १७ रनको योगदान दिएका थिए । कर्णालीले सस्तैमा समेट्न प्रदेश–१ का पुष्प थापा एक्लैले ६ विकेट लिएका थिए । मुकुन्द यादवले ३ र कमल खत्रीले एक विकेट लिँदा कर्णाली सस्तैमा अलआउट भएको थियो । त्यसअघि ब्याटिङ गरेको प्रदेश–१ ले अर्धशतक बनाउँदै टोलीलाई मध्यम स्कोरतर्पm अगाडि बढाएका थिए । कर्णालीका लागि प्रकाश जैसी, ललित प्याकुरेल र दिवन पुनले समान दुई विकेट लिए पनि प्रदेश–१ लाई सस्तैमा समेट्न सकेनन् ।

२०७६ जेष्ठ १७, शुक्रबार मा प्रकाशित