इराेसकाे विजयी सुरुआत

काठमाडौं,जेठ १७ ।  इरोस एजुकेशनले शुक्रबार प्रथम लुम्बिन एसइइ एपियर्ड फुटसल टुर्नामेन्डमा विजयी सुरुआत गरेको छ ।

शुक्रबार लुम्बिनी कलेजको फुटसल ग्रान्ड चुच्चेपाटीमा भएको खेलमा इरोसले आयोजक लुम्बिी स्कुललाई४–२ ले निराश पार्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।प्रतियोगिताको उद्घाटन राष्ट्रिय फुटबल टिमकापूर्वकप्तान अनिल गुरुङ, राष्ट्रिय क्रिकेट टोलीका तीब्र गतिका बलर सोमपाल कामी र अभिनेत्री नम्रतासापकोटाले संयुत्त रुपमा गरेका थिए ।

प्रतियोगितामा छात्रतर्फ  ६१ र छात्रातर्फ ९ विद्यालयको सहभागीता जनाउने छ ।प्रतियोगिताको दुवैविधाको विजेता, उपविजेता र तेस्रो हुने टोलीले शिल्ड,मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।साथै विभिन्नविधामा उत्कृष्ट हुने खेलाडीलाई कक्षा ११ मा उचित छात्रावृतीको व्यवस्था गरिएको कलेजका प्रिन्सिपलरविन्चन्द कोइरालाले जनाकारी दिए ।

प्रतियोगिताका बाकी खेलहरु आइतबारबाट सुरु हुनेछन् ।

२०७६ जेष्ठ १७, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment