भदौमा मिस्टर काठमाडौं

काठमाडौं । काठमाडौठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तŒवावधानमा आगामी भदौ २० र २१ गते काठमाडौंमा तेस्रो संस्करणको मिस्टर काठमाडांै शारीरिक सुगठन प्रतियोगिता, महिला एथलेटिक्स फिजिक्स प्रतियोगिता, जुनियर मिस्टर प्रतियोगिता तथा पुरुष स्पोटर््स फिजिक्स २०७६ आयोजना गर्ने भएको छ ।

काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघले शुक्रबार पत्रकार सम्मेलन गरेर मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिता जम्मा ६ वटा वजन समूहअन्तर्गत गराउने जानकारी गराएको हो । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, तथा ७५ केजीभन्दा माथिको तौलसमूहबीच प्रतिस्पर्धा हुनेछ ।

यस्तै महिला प्रतिस्पर्धाअन्तर्गत महिला एथलेटिक्स फिजिक्स खुला उचाइमा प्रतिस्पर्धा गराइने तथा जुनियर मिस्टरमा २०७५ चैत मसान्तसम्ममा २१ वर्ष उमेर भएका खेलाडीलाई प्रतिस्पर्धा गराइनेछ । पुरुष स्पोटर््स फिजिक्सअन्तर्गत १ सय ७० सेमिसम्म र १ सय ७० सेमिभन्दा माथिको उचाइ समूह गरी दुई समूहमा प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा पहिलो दिन भाद्र २० गते प्रि–जजिङ राउन्ड हुनेछ । प्रि–जजिङ राउन्डबाट प्रत्येक वजन समूहमा छनोट भएका ५  खेलाडीलाई भाद्र २१ हुने फाइनल राउन्डमा प्रतिस्पर्धा गराइनेछ ।

फाइनल खेलको प्रतिस्पर्धाबाट प्रत्येक वजन समूहका खेलाडीहरूमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः १५, १० तथा ५ हजार रुपैयाँ नगद पाउनेछन् ।

महिला प्रतिस्पर्धाअन्तर्गत फाइनल राउन्डमा छनोट भएका ५ जना महिला खेलाडीहरूबीच प्रतिस्पर्धा गराउँदा समग्रमा प्रथम हुनेले नगद ३० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै द्वितीय तथा तृतीय हुने खेलाडीलाई क्रमशः १५ तथा ५ हजार पुरस्कार, ट्रफी तथा प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

त्यस्तै जुनियर मिस्टरअन्तर्गत काठमाडौं शारीरिक सुगठन प्रतियोगिता तथा पुरुष स्पोटर््स फिजिक्सअन्तर्गत १ सय ७० सेमिसम्म र १ सय ७० सेमिभन्दा माथिको उचाइ समूह गरी दुई उचाइ समूहमा खेलाई फाइनल राउन्डमा छनोट भएका ५ पुरुष जुनियर खेलाडी तथा पुरुष स्पोटर््स फिजिक्समध्येबाट प्रतिस्पर्धा गराई समूहगत प्रथम हुने खेलाडीले पनि नगद ३० हजार, द्वितीय तथा तृतीय हुनेले क्रमशः १५ हजार तथा ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

प्रतियोगिताको प्रि–जजिङ राउन्ड नक्सालमा हुनेछ भने फाइनल राउन्ड कमलादीस्थित प्रज्ञा भवनमा हुनेछ ।

२०७६ जेष्ठ १७, शुक्रबार मा प्रकाशित