‘ए’ डिभिजन लिग मंसिर दोस्रो साता, शीर्ष ६ टोलीले राष्ट्रिय लिग खेल्न पाउने

काठमाडौं । नेपाली फुटबलको मेरुदण्ड मानिने सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल मंसिर दोस्रो साताबाट आयोजना हुने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबारबसेको कार्यसमिति बैठकले ‘ए’ डिभिजन लिग मंसिर १२ गते गर्ने निर्णया गरेको गरेको हो ।

यस अघि एन्फाले लामो सयम हुन नसकेको लिगलाई रेलिगेशन नहुने लिग आयोजना गर्दै लिग सञ्चालन गरेको थियो । यस्तै एन्फा प्रेसिडेन्ट कपको उत्कृष्ट ४ टिम र ‘ए’ डिभिजन लिगका उत्कृष्ट ६ टिम समावेश गर्दै यसै बर्ष राष्ट्रिय लिग सञ्चालन गर्ने निर्णय पनि गरेको छ । जिल्ला लिगबाट प्रथम हुने टिमको सहभागीतामा ७ प्रदेशका ७ टिमबीच एन्फा प्रेसिडेण्ट कप सञ्चालन गर्ने निर्णय भएको छ ।

यस्तै ललित स्मृति यु–१८ फुटबल प्रतियोगिताको संयोजकमा कोषाध्यक्ष राजेन्द्र न्यौपानेलाई मनोनयन गरिएको छ । यस्तै उप मेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगिताको संयोजकमा कार्यसमिति सदस्य तथा महिला फुटबल समितिको संयोजकलाई संयोजकको रुपमा मनोनयन गरिएको छ ।

यस्तै बैठकले ललितपुरको बृद्वि विकास खेल मण्डलको खेल मैदानमा शौचालय र नुहाउने धारा सहितको दुईवटा ड्रेसिङ्ग रुपमा निर्माण गर्ने निर्णय गरेको छ ।

नेपाली राष्ट्रिय फुटबल टिमको महिला तथा पुरुष तथा विभिन्न उमेर समुहका खेलाडीहरु आधिकारिक मैत्रिपुर्ण खेलमा सहभागी हुदाँ जादा दैनिक भत्ता २५ अमेरिकी डलर दिने निर्णय भएको छ । यसअघि दैनिक २० डलर खेलाडीले प्राप्त गर्दै आएका थिए ।

यस्तै एन्फा होस्टल भवनको पहिलो तल्लाको मर्मत कार्यकालागि कन्सल्टेन्सी नियुक्त गरी कोटेसन माग गर्ने र संघलाई आवश्यक पर्ने विभिन्न कर्मचारीका लागि खुल्ला प्रतिस्पर्धाबाट आवेदन खुलाउने निर्णय भएको छ ।

२०७६ जेष्ठ १८, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment