लिभरपुल छैठौं पटक च्याम्पियन्स लिगको च्याम्पियन

एजेन्सी । सम्पन्न प्रिमियर लिगमा एक अंकले पछि पर्दै उपाधि जित्नबाट बञ्चित भएको इङ्लिस टोली लिभरपुल यस वर्षको च्याम्पियन्स लिगको च्याम्पियन बनेको छ ।

स्पेनको मड्रिडमा शनिबार राति भएको खेलमा लिभपुललाई उपाधि दिलाउन मोहमद सलाह पहिलो र डिभोक ओरिगीले दोस्रो हाफमा एक एक गोल गरे ।

विश्वकै प्रतिष्टिठत प्रतियोगितामको रुपमा हेरिने च्याम्पियन्स लिगको उपाधि दिलाउन टोटनह्यामलाई २–० ले स्तब्ध पारेको लिभपुलले सन् २००५ पछि उपाधि उचाल्न सफल भएको हो । यो सँगै लिभरपुलले छैटौं पटक उपाधि उचाल्न सफल भएको हो ।

आक्रामक देखिएको लिभरपुलले दोस्रो मिनेटमा नै अग्रता लिन सफल भएको थियो । पहिलो ३० सेकेन्डमा टोटेनहमका मौसा सीसोकोले पेनाल्टी बक्स भित्र ह्याण्ड गरेपछि लिभरपुलले पेनाल्टीको अवसर पाएको थियो । जसमा सलाहले सहजै गोल गर्दै टोलीको मनोलब उच्च बनाएका थिए । बैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओरिगीले खेल सकिन ३ मिनेट बाँकी रहँदा गोल गर्दै लिभरपुलको जित सुनिश्चित गरेका थिए ।

ओरिगी ५८ औं मिनेटमा रोबर्टो फिर्मिन्होको स्थानमा मैदान छिरेका थिए । यता, पहिलोपटक च्याम्पियन्स लिगको फाइनल पुगेको टोटेनह्याम भने उपविजेतामा खुम्चिएको छ । पछि परेको अवस्थामा आक्रामक देखिएको टोटेनह्यामले अधिकांस समय बलमा नियन्त्रण राखे पनि बलियो रक्षापंत्ति सामु चल्न सकेन् । खेलमा लिभरपुलका गोलकिपर एलिसन बेकरले उत्कृष्ट प्रदर्शन गरे । टोटेनह्यामका राम्रा प्रहार उनले विफल पारिदिएका थिए ।

यस अघिको संस्करणमा स्पेनिस क्लब रियाल मड्रिडसँग स्तब्ध भएको लिभरपुलले फाइनल प्रवेशका लागि अर्को स्पेनिस क्लब बार्सिलोना विरुद्ध दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गर्न सफल भएको थियो । यस संस्करणमा फाइनल प्रवेशका लागि पहिलो लेगमा ३–० ले बार्सिलोनाको मैदानमा नतिजा सुम्पिएको लिभरपुलले दोस्रो लेगमा आफ्नै मैदानमा उत्कृष्ट पुनरागमन गर्न सफल भएको थियो ।

२०७६ जेष्ठ १९, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment