नेपालले आज मलेसियासँग मैत्रिपूर्ण खेल्दै

काठमाडौं । मलेसिया र चाइनिज ताइपेइसँग हुने दुई मैत्रिपूर्ण खेलका लागि बिहीबार अन्तर्राष्ट्रिय विमान स्थलबाट विदाई भएको नेपाली टोलीले आज साझ मलेसियासँग मैत्रिपूर्ण खेल खेल्दैछ ।

मलेसियासँग नेपालले बुरीत जालिल राष्ट्रिय मैदानमा प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समय अनुसार ७ः४५ बजे हुनेछ ।

नतिजाको विषयलाई लिएर पछिल्लो समय आलोचित भएको नेपाली टोली आज हुने खेलमा सुखद नतिजा निकाल्ने उद्देश्यमा रहनेछ । केही युवा खेलाडीलाई स्थान दिइएको खेलमा मुख्य प्रशिक्षक योहान कालिनले बलियो टिम मलेसियालाई चुनौती दिन आफु तयार रहेको शनिबार भएको प्रि–म्याच कन्फरेन्समा बताए ।

विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेको हो । मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकरद्वय विमल घर्ति मगर र भरत खवासलाई टिम बाहिर राख्दै नेपाली टिम तयार पारेका छन् । यस पालि टोलीमा अभिषेक रिजालले राष्ट्रिय टोलीमा डेब्यु गर्दैछ ।

आयोजक मलेसिया फिफा वरियतामा नेपाल भन्दा ७ स्थान मुनि छ । नेपाल १ सय ६१ औं स्थानमा रहँदा मलेसिया १ सय ६८ आंै स्थानमा रहेको छ । आजको खेलपछि अर्को मैत्रिपूर्ण खेल खेल्न नेपाली टोली उतैबाट चाइनिज ताईपेइ प्रस्थान गर्नेछ ।
मलेसियासंगको खेलपनि नेपाल अर्को मैत्रीपूर्ण खेल खेल्न चाईनिज ताईपे जाने छन् ।

२०७६ जेष्ठ १९, आईतवार मा प्रकाशित