बंगलादेको शनदार शुरुआत, दक्षिण अफ्रिकाको दोस्रो हार

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्ध २१ रनको जित निकाल्दै दक्षिण एसियाली टोली बंगलादेशले इङ्ल्यान्डमा जारी एक दिवसीय विश्कप क्रिकेटमा विजयी सुरुआत गरको छ । यस्तै आयोजक इङ्ल्यान्डसँग उद्घाटन खेलमा पनि पराजित भएको दक्षिण अफ्रिकाले जारी प्रतियोगितामा लगातार दोस्रो पराजय भोगको छ ।

आइतबार केनिङटन ओभल मैदानमा बलियो टोली दक्षिण अफ्रिका विरुद्ध टस हारेर पहिला ब्याटिङ गरेको बंगलादेश निर्धारित ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ३ सय ३१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफी ब्याटिङ दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर मात्र ३ सय ९ रन जोड्न सक्यो ।

बलियो मानिएको दक्षिण अफ्रिकाविरुद्ध शानदार जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको बंगलादेशका लागि मुसफिकर रहिम र सकिब अल हसनको प्रदर्शन रह्यो । रहिम र हसनले तेस्रो विकेटका लागि १ सय ४२ रनको साझेदारी गर्दै बंगालदेशका इनिङलाई उकासेका थिए । खेलमा रहिमले सर्वाधिक ७८ रनको पारी खेल्दा सकिब अल हसनले व्यक्तिगत ७५ रनको इनिङ खेले । ८० बलको सामना गरेका रहिमले ८ चौका र ८४ बलको सामना गरकेका सकिबले ८ चौका र १ छक्का प्रहार गरेका थिए । यस्तै ममुदउल्लाहले ४६ रनको पारी खले । बलिङ तर्फ दक्षिण अफ्रिकाका तीन खेलाडीले समान २⁄२ विकेट लिए । दक्षिण अफ्रीकाका लागि इमरान ताहिर, एडिले लक्की र क्रिस मोरिसले विकेट हात पारेका थिए ।

जवाफी गरेको दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले ६२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टोलीको जितका लागि पर्याप्त भएन् । यस्तै जेपी डुमिनी र एडिन मक्रामले समान ४५ रन जोड्दा भान डेर डुसेनले ४१ रनको योगदान गरे । डेभिड मिल्नरले ३८ रन बनाउदा क्विनटन डी ककले २३ रन बनाए । बंगलादेशका मुस्ताफिजुर रहमानले ३ तथा मोहमद साईफुदीनले २ विकेट लिए ।

२०७६ जेष्ठ २०, सोमबार मा प्रकाशित