डिफेन्डिङ च्याम्पियनलाई हराउँदै पुलिस फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

काठमाडौं । नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । फाइनल प्रवेश गरेको पुलिसले साविकको विजेता एपिएफलाई ५ विकेटले हराउँदै प्रतियोगिताको उपाधि नजिक पुगेको हो । पुलिसको कसिलो बलिङ सामु खुलेर खेल्न नसक्दा पहिला ब्याटिङ गरेको एपिएफ ४१ रनको समान्य स्कोरमा समेटिएको थियो ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा दुबै टोली उत्कृष्ट बलिङ गर्दा ब्याटिङ तर्फ भने दुबै टोलीको खराब प्रदर्शन रह्यो ।
टस हारेर पहिला ब्याटिङ गरेको एपीएफका लागि कुनै पनि खेलाडीले दोहोर अंकको स्कोर गर्न सकेनन् । कसिलो बलिङ सामुन निरिह बनेको एपिएफ २२.१ ओभरमा अल आउट भएको थियो । सुरुआतबाट नै दबाबरमा परेको एपिएफले सबै विकेट गुमाउँदा मात्र ४१ रन बटुलेको थियो । पुलिस सामु प्रस्तुत गरेको यो स्कोर प्रतियोगिताकै सबैभन्दा कम स्कोर हो । खेलमा शरद भेषावकर र पृथु बास्कोटाले सबै भन्दा धरै ७/७ रन जोडेका थिए । यस्तै सन्दिप जोरा ५, अभिनाश बोहरा ३, आसिफ शेख, प्रदिप ऐरी, सुमित महर्जन र दिपेन्द्र रावत २ ताथ कमल सिंह ऐरी १ रन बनाएर आउट हुँदा कप्तान बसन्त रेग्मीले भने खाता खोल्न सकेनन् । अमर सिंह राउटेला ६ रनमा अविजित रहे । लज्जास्पद स्कोरमा रोक्न पुलिसका लागि ललित नारायण राजबंशीले सर्वाधिक ४ विकेट लिँदा कुशल भुर्तेलले र सागर ढकालले समान ३/३ विकेट लिए ।

४२ रनको लक्ष्य पछ्याएको पुलिसले पनि सुरुआत राम्रो गर्न सकेन् । झिनो लक्ष्य पछयएको पुलिसले ९.३ ओभरमा ५ विकेट गुमाउँदै भेटाउन सफल भएको थियो । ५ रन हुँदा सुरुवाती ३ विकेट गुमाए पनि दिपेन्द्र सिंह ऐरी र पवन सर्राफले सम्हालिएको खेल प्रदर्शन गर्दै टोलिको जितलाई सुनिश्चित गरेका थिए । सर्वाधिक २१ रन जोडका पवनले १४ बल खेल्दै ४ चौका प्रहार गरेका थिए । समान १४ बलको नै सामना गरेका दिपेन्द्रले २ चौकाको मद्दतमा १३ रन योगदान गरेका थिए । चोटका कारण समूह चरणका खेल नखेलेका बसन्त रेग्मीले सर्वाधिक ३ विकेट जित निकाले पनि पुलिसको इनिङलाई रोक्न पर्यापत भएन् । यस्तै शरद भेषावकरले २ विकेट लिए । फाइनल खेल शनिबार गत संस्करणको उपविजेता आर्मी र पुलिसबीच हुनेछ ।

२०७६ जेष्ठ २३, बिहीबार मा प्रकाशित