चण्डेश्वरी एकेडेमी र लर्डबुद्ध इन्सिच्युट च्याम्पियन

काठमाडौं,जेठ २३ । चण्डेश्वरी एकेडेमी र लर्डबुद्ध इन्सिच्युटले प्रथम लुम्बिनी फुटसल प्रतियोगिताको च्याम्पियन भएका छन् ।

बिहिबार चुच्चेपाटीस्थित लुम्बिनी कलेजको फुटसल मैदानमा भएको खेलमा चण्डेश्वरीले छात्र तथा लर्डबुद्धले छात्रातर्फको उपाधि जितेका हुन् । छात्रतर्फको फाइनलमा चण्डेश्वरीले लयर्डबुद्धलाई २–१ ले निराश पार्दै उपाधि जितेको हो ।त्यस्तै छात्रातर्फ लर्डबुद्धले अरोरा फाउन्डेसन ए लाई १–० ले हराउदै विजेता बनेको हो । यता छात्रतर्फ अरोरा फाउन्डेसन तेस्रो भयो भने छात्रातर्फ स्टुडेन्ट एफसी तेस्रो भयो ।

प्रतियोगिता छात्रतर्फ चण्डेश्वरीका पेम्बा थेङ र छात्रातर्फ लर्डबुद्धकी प्रिती राई सर्वोउत्कृष्ट खेलाडी घोषित भए ।त्यस्तै छात्रतर्फ लर्डबुद्धका सुशन खड्का उत्कृष्ट गोलकिपर र सरोज श्रेष्ठ उत्कृष्ट डिफेन्डर घोषित भए । छात्रातर्फ भने अरोराका बि की सुजाता विश्वास उत्कृष्ट गोलकिपर र अरोरा ए की साबित्री सुनुवार उत्कृष्ट डिफेन्डर घोषित भए ।विधागत तर्फका उत्कृष्ट खेलाडीलाई लुम्बिी कलेजले कक्षा ११ र १२ मा पूर्ण छात्रावृती प्रदान गर्नेछ ।

गत शुक्रबारबाट चलेको प्रतियोगितामा छात्रतर्फ ६२ र छात्रातर्फ ७ गरी प्रतियोगितामा ७० टोलीको सहभागिता रहेको थियो ।

२०७६ जेष्ठ २३, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment