अभिसेकको गोलमा नेपाल हारबाट जोगियो

काठमाडौं । मलेसियाविरुद्धको खेलमा राष्ट्रिय टोलीमा डेब्यु गरेका अभिसेक रिजाललको गोलको मद्दतमा नेपालले चाइनिज ताइपेइसँग बराबरी खेलेको छ ।

नियमित कप्तान विराज महर्जन र स्ट्राइकर नवयुग श्रेष्ठलाई बेन्च रहँदा राख्दै युवा खेलाडी अभिसेक पहिलो पटक प्लेइङ इलाभेनमा परेका थिए । विराज बेन्चमा रहँदा टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गरेका थिए ।

फिफा वरियतामा ३६ औं स्थान रहेको चाईनिज ताईपेसँग १–१ गोलको बराबरी खेलेको हो ।

१६१ औं स्थानमा रहेको नेपाल पहिलो हाफमा १–० ले पछि परेपनि दोस्रो हाफमा अभिषेक रिजालको गोलबाट खेलमा फर्किएको थियो । यस अघि खेलको ४० औं मिनेटमा उ चुन चिङले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा अभिषेकले हेड गोल गर्दै नेपाललाई खेलमा फर्काएका थिए । यो सँगै अभिसेकले अन्तर्राष्ट्रिय खेलमा पहिलो गोल गर्न सफल भएका छन् ।

मैत्रिपूर्ण खेल अन्तर्गगत यस अघि मलेसियासँग भएको पहिलो मैत्रिपूर्ण खेलमा नेपालले २–० को नतिजा सुम्पिएको थियो । विश्वकप छनोटको तयारीमा रहेको नेपालले विशेष तयारीका लागि मलेसिया र चाईनिज ताईपेसंग मैत्रीपूर्ण खेल खेलेको हो ।

२०७६ जेष्ठ २३, बिहीबार मा प्रकाशित