इङ्ल्यान्डलाई हराउँदै नेदरल्यान्ड्स फाइनलमा

एजेन्सी । पछि परेको अवस्थानमा पुनरागमन गरेको नेदरल्यान्ड्सले इङ्ल्यान्डमाथि ३–१ को जित निकाल्दै युइएफए नेशन्स लिगको फाइलनमा स्थान बनाएको छ ।

पोर्तोमा बिहिबार राति भएको दोस्रो सेमिफाईनलको खेलमा डच टिमसले अन्तिम दुई स्थान बनाउन अतिरिक्त समय कुर्नु प¥यो । निर्धारित समय दुबै टोली एक÷एक गोलको बराबरी खेले पछि खेल अतिरिक्त समय तिर धकेलिएको थियो ।

निर्धारित समयको ३२औं मिनेटमा इङ्ल्यान्डका लागि रासफोर्ड माक्र्युसले गोल गर्दै इङ्लिस टोलीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफमा फितलो प्रदर्शन गरे पनि दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको इङ्ल्यान्डका लागि डि लिटले ७३ औं मिनेटमा गोल गर्दै नेदरल्यान्ड्सलाई बराबरी अवस्थामा ल्याए । निर्धारि समयको बाँकी समयमा अन्य गोल हुन सकेन र खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो ।

९७ आैं मिनेटमा वाल्करको आत्मघाति गोलमा डच टिमले खेलमा अग्रता लिने अवसर पायो । थपिएको अतिरिक्त समयको ११४ औं मिनेटमा प्रोमिसले गोल गर्दै नेदरल्यान्डस्सको जितलाई सुनिश्चित गरे ।

फाइलन प्रवेश गरेको नेदरल्यान्ड्सले अब फाइनलमा पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ । फाइलन खेल सोमबार हुनेछ ।

२०७६ जेष्ठ २४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment