बर्षाका कारण पाकिस्तान र श्रीलंकको खेल रद्ध

एजेन्सी । इङ्ल्यान्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेट अन्तर्गत पाकिस्तान र श्रीलंकाबीचको ११औं खेल वर्षाका कारण रद्ध भएको छ ।

खेल सुरु हुनु पूर्वबाट नै मैदानमा लगातार पानी परे पछि खेल सञ्चालन हुन नसकेको हो । यो सँगै पाकिस्तान र श्रीलंकाले १/१ अंक बाँडेका छन् । सम्पन्न दुई खेल मध्ये दुबै टोलीले एक/एक खेलमा जित निकाल्न सफल भएका थिए एक/एक खेलमा नतिजा सुम्पिएका छन् ।

पाकिस्तानले सम्पन्न पहिलो खेलमा वेस्ट इन्डिजलाई नतिजा सुम्पिएको थियो भने दोस्रो खेलमा आयोजक इङ्ल्यान्डलाई स्तब्ध पारेको थियो ।
यस्तै श्रीलंकाले न्यूजिल्यान्डलाई नतिजा सुम्पिँदा दोस्रो खेलमा अफगानिस्तान माथि जित निकाल्न सफल भएको थियो ।

२०७६ जेष्ठ २४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment