चेल्सीका हाजार्ड रियाल मड्रिडमा अनुबन्ध

एजेन्सी । लामो समयदेखी चर्चा चलिरहेको इडेन हाजार्डको विषयलेअन्तत शनिबार अन्तिम रुप लिएको छ । इङ्लिस क्लब चेल्सकिा स्ट्राइकर इडेन हाजार्डको स्पेनिस क्लब रियाल मड्रिडमा अनुबन्धको विषयले अन्तिम रुप पाएको हो ।

शनिबार स्पेनिस क्लब रियाल मड्रिड भित्र्याउन सहमत भएको हो । त्यसका लागि रियालले इङ्लिस क्लब चेल्सीलाई १ सय ५० मिलियन पाउण्ड तिर्नु पर्ने भएको छ । शनिबार भएको सम्झाैतामा रियालले हजार्डसँग ५ बर्षको औपचारिक सम्झौता गरेको छ । मेडिकल टेष्टपछि मात्र जुन १३ मा रियाल हाजार्डलाई सावर्जनिक गर्नेछ ।

फ्रान्सेली क्लब लिल्लेबाट इङ्लीस क्लब चेल्सीमा अनुबन्ध भएका हाजार्डले चेल्सीमा ७ वर्ष विताएका छन् । २०१२ मा चेल्सीमा अनुबन्ध भएको बेल्जियम स्टार स्ट्राइकर हाजार्डले चेल्सीबाट २ सय ४५ खेल खेल्दा ८५ गोल गरेका छन् । हाजार्डले अघिल्लो साता युरोपा लिगको फाइलनमा गोल गर्दै चेल्सीका लागि उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

हाजार्डको विषयमा क्लबले रियाल मड्रिड र चेल्सीबीचको सहमति अन्तिम अवस्थामा पुगेको जनाएको छ । क्लबले हजार्डसँग आगामी पाँच सिजनका लागि क्लबसँग अनुबन्धन गरेको उल्लेख गरेको हो ।

रियलले सिजनको तेस्रो खेलाडीको रुपमा हजार्डलाई क्लबमा अनुबन्धन गरेको हो । यस अघि उसले पोर्तोका डिफेन्डर इडर मिलिटाओ र ईन्ट्रयाच फ्रान्कफर्टका फरवार्ड लुका जोभिकलाई अनुबन्ध गरेको थियो ।

२०७६ जेष्ठ २५, शनिबार मा प्रकाशित