न्युजिल्यान्डको लगातार तेस्रो जित

एजेन्सी । विश्वकप अन्तर्गतग शनिबारै सम्पन्न अर्को खेलमा न्युजिल्यान्डले अफगानिस्तामाथि ७ विकेटको सहज जित निकालेको छ ।

टस जितेर पहिला ब्याटिङ निम्तो दिएपछि अफगानिस्तालने प्रस्तुत गरेको लक्ष्य न्युजिल्यान्डले ३ विकेटको क्षतिमा भेटाउँदा जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्न सफल भएको हो ।

न्युजिल्यान्डको जितका लागि कप्तान केन विलियम्सनले सर्वाधिक अविजित ७९ रनको इनिङ्स खेल्दा रोस टेलर ४८ रन, कोलिन मुन्रोले २२ तथा टम लाथम १३ रनको योगदा गरे । खेलमा मार्टिन गुप्टिल पहिलो बलमा पवेलियन फर्किएका थिए ।

यस अघि पहिला ब्याटिङ गरेको अफगानिस्तानले ४१.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ७२ रन बटुल्न सफल भएको थियो । अफगानिस्ताका लागि हासमातुल्लाह साहिदीले सर्वाधिक ५९ रनको इनिङ्स खेले । ओपनरद्वय हजारतुल्लाह जाजी र नुर अलि जार्दानले क्रमश ३४ र ३१ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले न्युजिल्यान्डको बलिङ सामु खुलेर खेल्न सकेनन् ।

अफगानिस्तालाई न्युन स्कोरमा समेट्न न्युजिल्यान्डका जेम्स निशमले सर्वाधिक ५ विकेट लिए । १० ओभर बलिङ गरेका निशमले १ मेडन ओभर राख्दै ३१ रन खर्चिएका थिए । यस्तै लकि फर्गुसनले ४ विकेट हात पारे । ९.१ ओभर बलिङ गरेका फर्गुसनले ३ मेडन ओभर राख्दै ३७ रन खर्चिएका थिए ।

यो खेल संगै न्युजिल्यान्डले जारी प्रतियोगिामा लगातार तेस्रो जित निकालेको छ भने पराजित अफगानिस्तान सम्पन्न तीन खेल मध्ये सबै खेलमा पराजित भएको छ ।

२०७६ जेष्ठ २६, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment