इङ्ल्यान्डलाई दोस्रो सफलता, बंगलादेश १ सय ६ रनले पराजित

एजेन्सी । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्ककप क्रिकेट प्रतियोगिता अन्तर्गगत शनिबार राति भएको खेलमा आयोजक इङ्ल्यान्डले जित निकालेका छ।

इङ्ल्यान्डले वंगलादेशमाथि १ सय ६ रनको फराकिलो जित निकालेको हो । पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले दिएको ३ सय ८७ रनको लक्ष्य पछ्याउने क्रममा बंगलादेशले ४८.५ ओभरमा सबै विकेट गुमाएर मात्र २ सय ८० रन जोड्न सक्यो । बंगलादेशका सकिब अल हसनले सतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन् । यस्तै मुसफिकुर रहिमले ४४ रन बनाउँदै पवेलियन फर्किदा अन्य ब्याट्स म्यानले इङ्ल्यान्डको धारिलो बलिङ साम टिक्न सकेनन् । बंगलादेशलाई समेट्न जोफ्रा आर्चर र बेन स्टोक्सले सर्वाधिक समान ३/३ विकेट लिए भने मार्क उडले २ विकेट लिए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको आयोजक इङ्ल्यान्डले निर्धातिर ५० ओभरको समाप्तिमा ६ विकेट गुमाएर ३ सय ८६ रन जोड्न सफल भएको थियो । आयोजक इङ्ल्यान्डका लागि जासन रोयले सतकीय इनिङ खेल्दा जोनी बारिस्टो र जोश बट्लरले अर्धसतकीय इनिङ्स खेले । सतकीय पारी खेलेका रोयले १ सय २१ बलको सामना गर्दा १४ चौका र ५ छक्काको मद्दतमा १ सय ५३ रनको व्यक्तिगत स्कोर बनाए । सुखद सुरुआत गरेको इङ्ल्यान्डका लागि बारिस्टोले ५१ तथा बटलरले ६४ रनको योगदान गरे । यस्तै कप्तान इयोन मोर्गानले ३५, जो रुटले २१ रनको इनिङ्स खेल्दै पवेलियन फर्किदा लइम पुल्कनेट र क्रिस ओक्सले टोलीका लागि क्रमश अविजित २७ र १८ रनको योगदान गरे ।

 

बलिङ तर्फ बंगलादेशका लागि मोहम्मद साइफुदिन र मेहदी हसन मिराजले समान २/२ विकेट हात पार्दा मसर्फ मोर्टाजले र मुस्ताफिजुर रहमानले १/१ विकेट आफ्नो नाममा लेखाए ।

२०७६ जेष्ठ २६, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment