विश्वकपमा आज अस्ट्रेलिया र भारत भिड्दै, यस्तो छ अहिले सम्मको इतिहास

एजेन्सी । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेटमा आज अस्ट्रेलियाले भारतको सामना गर्दा प्रतियोगितामा तेस्रो जितको खोजीमा मैदान उत्रिनेछ ।

लण्डनमा अाज हुने एक मात्र खेलमा  उपाधि दाबेदार  अष्ट्रेलिया र भारतबीच प्रतिस्पर्धा हुन लागेको हो । क्रिकेटमा दुबैले महारथी भन्न रुचाउने यी दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः१५ बाट हुँदैछ ।

जारी प्रतियोगितामा अस्ट्रेलियाले तेस्रो खेल खेल्न लागेको हो भने भारतले दोस्रो खेल खेल्न लागेको हो । केनिङटन ओभलमा मैदानमा हुने खेलमा दुबै टोली अपराजित यात्रालाई निरन्तरता दिने उद्देश्यमा हुनेछज् ।

अघिल्ला दुई खेल जितेको अष्ट्रेलिया लगातार तेस्रो जितको योजनामा हुनेछ । अष्ट्रेलियाले २ खेलबाट ४ अंक जोडेको छ । तालिकाको तेस्रो स्थानमा रहेको छ ।
एक दिवसीय प्रतिस्पर्धामा अहिले सम्म यी दुई टोली १ सय ३६ पटक आमने सामने भएका छन् । जसमा अस्ट्रेलियालो सर्वाधिक ७७ पटका नतिजा आफ्नो पक्षमा पार्न सफल भएको छ भने भारतले ४९ खेलमा जित निकालेको छ । यस्तै १० खेलमा कुनै पनि नतिजा आएको छैन ।

जारी प्रतियोगितामा भारतको दोस्रो खेल हो भने अस्ट्रेलियाको तेसे खेल हो । भारतले पहिलो खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो । यस्तै अस्ट्रेलियाले यस अघि सम्पन्न पहिलो खेलमा अफगानिस्तानमाथि ७ विकेटको जित निकाल्दा दोस्रो खेलमा वेस्ट इन्डिजलाई १५ रनले हराएको थियो ।

२०७६ जेष्ठ २६, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment