मध्यक्रमको ब्याटिङ लाइन सम्हालिन नसक्दा भारतसँग अस्ट्रेलिया ३६ रनले पराजित

एजेन्सी । इङ्ल्यान्डमा जारी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगितामा साविकको विजेता अस्ट्रेलिया भारतसँग ३६ रनले पराजित भएको छ ।

पहिला ब्याटिङ गर्दै भारतले दिएको ३ सय ५३ रनको लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलियाले निर्धारित ५० ओभरको समाप्तिमा सबै गुमाएर मात्र ३ सय १६ जोड्न सक्यो । अस्ट्रेलियाका लागि तीन ब्याट्स म्यानले अर्धसतकीय इनिङ खेले पनि जितका लागि पर्याप्त भएन् । ओपनर डेविड वार्नरले ५६ रनको पारी खेल्दा स्टेभन स्मिथले सर्वाधिक ६९ रनकाे याेगदान गरे । यस्तै एलेक्स कारे ५५ रनमा अविजित रहे पनि जित सम्भव भएन् । कप्तान एरोन फिन्च ३६ रनमा पवेलियन फर्किदा ग्लेन म्याक्सवेल २८ रनमा चाहलको बलमा समातिए ।

अस्ट्रेलियालाई रोक्न भारतका भुवनेश्वर कुमार र जसप्रित बुमराले समान ३/३ विकेट हात पार्दा युजबेन्द्र चाहलले २ विकेट लिए । यो सँगै भारतले जारी विश्वकप लगातार दोस्रो जित निकाल्न सफल भएको छ भने अस्ट्रेलियाले तीन खेलबाट पहिलो पराजय भोगको छ ।

यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले शिखर धवनको शतक र दुई खेलाडीको अर्धसतकीय इनिङको मद्दतमा निर्धारित ओभरको समाप्तिमा ५ विकेट गुमाएर अष्ट्रेलियालाई ३ सय ५३ रनको लक्ष्य दिएको थियो । प्रतियोगितामा पहिलो जित निकालिसकेको भारतका लागि शिखर धवनले १ सय १७ रनको सतकीय इनिङ खेल्दा कप्तान विराट कोहली ८२ र रोहित शर्माले ५७ रन बनाउँदै पवेलियन फर्किएका थिए । यस्तै हार्दिक पाण्डेय २ रनले अर्धशतक बनाउन चुके ।

१६ चौका प्रहार गरेका धवन मिचेल स्टार्कको बलमा क्याच हुँदा पवेलियनको बाटो फर्किएका हुन् । ७० बलको सामना गरेका रोहितले ३ चौका र १ छक्काको मदतमा ५७ रन जोडे । विस्फोटक ब्याटिङ गरेका हार्दिक पाण्डेय अर्धसतक बनाउन २ रनले चुके । २७ बल खेलेका हार्दिकले ४ चौका र ३ छक्काको मदतमा ४८ रन बनाए । यस्तै ७७ बल खेलका कोहलीले ४ चौका र २ छक्काको मदतमा ८२ रन बनाएका हुन् । महेन्द्रसिंह धोनीले २७ रन बनाउँदा पवेलियनको बाटो फर्किदा केएल राहुल ११ रनमा रनमा अविजित रहे ।

बलिङ तर्फ अष्ट्रेलियाका मार्कस स्टोनिसले दुई विकेट हात पार्दा मिचेल स्टार्क, प्याट कुमिन्स ,नेथन कल्टरेले समान १/१ विकेट लिए । यस अघि भएको पहिलो खेलमा भारतले दक्षिण अफ्रिकामाथि ६ विकेटको जित निकालेको थियो । अष्ट्रेलियाले यसअघि वेष्ट इन्डिजमाथि १५ रन तथा अफगानस्तानलाई ७ विकेटले हराएको थियो ।

२०७६ जेष्ठ २६, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment