नाडाल १२ औं पल्ट फ्रेन्च ओपन टेनिसकाे च्याम्पियन

एजेन्सी । अस्ट्रियाका डोमिनिक थिमलाई हराउँदै स्पेनिस खेलाडी राफायल नाडालले कीर्तिमानी १२ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् ।

पेरिसमा आइतबार भएको फाइनलमा चौथा वरियतामा रहेका अस्ट्रियाका डोमिनिक थिमलाई ६–३,५–७,६–१ र ६–१ को सेटमा हराउँदै १२ औं पटक उपाधि जित्न सफल भएका थिए ।

योसँगै नाडालले लगातार तेस्रो पटक फ्रेन्च ओपनको उपाधि उचाल्न सफल भएका हुन् । कीर्तिमानी १२ औं पटक उपाधि उचाल्ने नाडाल एक्लो खेलाडी हुन् ।

नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए । यस अघि शनिबार भएको फाइनलमा महिला तर्फको उपाधि अष्ट्रेलियाकी एश्ले बार्टाीले जितेकी छिन् ।

२०७६ जेष्ठ २७, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment