नेपाली फुटबल विकासमा सहयोग गर्न बर्सिलोना समर्थकहरुको भेला हुँदै

काठमाडौं । स्पेनिस फुटबल क्लब बार्सिलोनाका नेपालमा रहेका समर्थकहरुले पहिलो भेला राख्ने भएका छन्।

‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ नाम फेसबुक समूहमा रहेका समर्थकहरुको भेला हुने भएको हो ।

नेपाली फुटबल क्षेत्रमा र सामाजिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले भेलाको आयोजना गरिएको समूरका “एड्मीन” कविराज श्रेष्ठले जानकारी दिए ।

जमघट शनिबार काठमाडौंको बसन्तपुर क्षेत्रमा बिहान ११ बजेबाट सुरु हुनेछ । ‘एफसी बार्सिलोना फ्यान अफ् नेपाल’ बार्सिलोनाका नेपाली समर्थकहरूको सबैभन्दा ठूलो समूह हो । सो समूहमा १ लाख ७५ हजारभन्दा बढी सक्रिय सदस्य छन् ।

२०७६ जेष्ठ ३१, शुक्रबार मा प्रकाशित