नेपाली तेक्वान्दोलाई आठ पदक

नेपालले मलेसियामा सम्पन्न सरावक चिफ मिनिस्टर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा एक स्वर्ण, रजत र ६ कांस्य पदक जितेको छ।

मलेसियाको सारावाक कुचिङस्थित कुचिङ स्टेडियममा आइतबार सम्पन्न च्याम्पियनसिपमा नेपालले कुल एक स्वर्ण, एक रजत र ६ कांस्य पदक प्राप्त गरेको हो । सुप्रिमा बजगाईंले फाइटतर्फ महिला ३७ केजी तौलसमूहमा नेपाललाई स्वर्ण दिलाएको नेपाली टोलीका प्रमुख कुमार लामा घिसिङले जानकारी दिए।

सुप्रिमाले फाइनलमा थाइल्यान्डकी स्वान्चुलाई २३–३ ले स्तब्ध बनाउँदै स्वर्ण पदक आफ्नो बताएकी थिइन्। नेपालले दुई रजत पदक जित्दा फाइटतर्फ महिला खेलाडीले एक दिलाएकी थिइन् । क्याडेटमै ४७ केजीमूनि पुजा कुँवरले रजत पदक जितेकी थिइन् । उनी फाइनलमा मलेसियाकी वानसुइसँग ३१–११ ले पराजित भएपछि स्वर्ण जित्ने सपना अधुरो बन्यो । जुनियरको फाइटमा अमर भुजेलले ७३ केजीमूनि रजत जितेका थिए।

उनी फाइनलमा ताइपेइका रिसानुनसँग १५–६ ले पराजित भएका थिए । नेपालकै बिमला लामा फाइटकै ६२ केजीमुनि सेमिफाइनलमा स्तब्ध भएपछि कांस्यमै खुम्चिइन् । महिलाकै फाइटमा आस्था दाहाल ५२ केजीमुनि सिंगापुरकी हाजिमालीसँग १७–४ ले र अलिसा सुनुवार ३७ केजीमुनि मलेसियाकी तान युयानसँग १७–८ ले स्तब्ध भएपछि कांस्य पदकमै सीमित भए।

पुरुषतर्फ फाइटमा अभिषेक कटुवाल क्षेत्री, कृतिक भण्डारी र कृस थापाले कांस्य पदक जित्न सफल भए । तीनै सेमिफाइनलमा स्तब्ध हुँदा ४५ केजीमुनिमा अभिसेक म्यानमारका रौलडांगिनसँग २३–६ ले, ३६ केजीमुनिमा कृतिक ताइपेइका माग्रेटसँग २५–४ ले र ३३ केजीमुनि कृस ताइवानका अल्भिन पिङसँग १९–१७ ले स्तब्ध भएको नेपाली टोलीका प्रमुख घिसिङले जानकारी दिए।

कुमार लामा घिसिङको नेतृत्वमा रहेको नेपाली टोलीमा कुल १७ खेलाडीले प्रतिस्पर्धा गर्दा ११ पुरुष र ६ महिला खेलाडी रहेका थिए । नेपाली टोलीको प्रशिक्षकमा बब्लु सिवाकोटी छन् ।

२०७६ श्रावण ५, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment