रेगनलाई स्नुकर उपाधि

रेगन श्रेष्ठले प्रथम चमुण्डा अल नेपाल स्नुकर च्याम्पियनसिपको उपाधि जितेका छन् । रेगनले फाइनलमा राजन लामालाई ७–४ को फ्रेममा पराजित गरे ।

उपाधिसंगै रेगनले २ लाख तथा राजनले ७५ हजार नगद पुरस्कार पाए । सोम लामा र निर्माण बोगटी तेश्रो भए । दुवैले जनही ३० हजार नगद पुरस्कार पाए । नेपाली स्नुकरको इतिहासमा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगता भएको बताइएको छ ।

चामुण्डा स्नुकर क्लबद्वारा आयोजित प्रतियोगितामा राजन सर्वाधिक ब्रेककर्ता पनि बने । ८१ ब्रेक गरेका राजनले ३० हजार नगद पुरस्कार हात पारे । दोर्जे पाख्रिन उत्कृष्ट खेलाडी चुनिए । उनले १० हजार नगद पुरस्कार जिते।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल, सदस्य इन्दिरा निरौला, नेपाल विलियर्ड, स्नुकर तथा पुल संघका अध्यक्ष एवं पूर्व स्नुकर राष्ट्रिय च्याम्पियन सरोज मुल्मीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । जोरपाटीमा भएको प्रतियोगितामा १ सय ५० खेलाडी सहभागी थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव सिलवालले नवौं राष्ट्रिय खेलकुदमा स्नुकरलाई समावेश गर्ने प्रतिबद्धता जनाएका थिए ।

२०७६ श्रावण ५, आईतवार मा प्रकाशित