प्युठानमा बुद्धिचाल सुरु

  • खेलनेपाल , काठमाडौं साउन ७ गते ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्युठान जिल्ला कमिटीको आयोजनामा वीरबहादुर सिंह स्मृति प्रदेश ५ स्तरीय बुद्धिचाल प्रतियोगिता मंगलबारदेखि प्युठानमा सुरु भएको छ।

प्रतियोगिताको मदन भण्डारी स्पोर्ट्स एकेडेमीका केन्द्रीय संस्थापक अध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।

प्रतियोगितामा १८ खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । सो अवसरमा सदस्य–सचिव सिलवालले हिमाल आरोही स्व. सञ्जय पण्डितको स्मरण गर्दै प्युठानलाई चिनाउन सञ्जयको ठूलो योगदान रहेको बताए । स्व. सञ्जय प्युठानका हुन् । सञ्जयको केहि वर्षअघि अमेरिकाको माउन्ट डेनाली हिमाल आरोहणका क्रममा निधन भएको थियो ।

गणतान्त्रिक खेलकुद मैदानको निरीक्षण

प्रतियोगिताको उद्घाटनपछि सदस्य–सचिव सिलवालले प्यूठान नगरपालिकामा रहेको गणतान्त्रिक खेलकुद मैदानको निरीक्षण गरेका थिए । त्यस अवसरमा सदस्य–सचिव सिलवालले नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिलाई मैदानमा खेलकुदका पूर्वाधार बनाउन परिषद् नगरपालिकासंग सहकार्य गर्न तयार रहेको बताउदै त्यसका लागि ठोस् प्रस्ताव पेश गर्न आग्रह गरे।

 

२०७६ श्रावण ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment