प्रदेश-५ मुख्य मन्त्री र सिलवालबीच भेट

प्रदेश ५ का मुख्य मन्त्री शंकर पोखरेल र सदस्य–सचिव सिलवालबीच भेट भएको छ । भेटका अवसरमा प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुद, नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग), नवौं राष्ट्रिय खेलकुद, प्रदेश रंगशालाका विषयमा दुई पक्षबीच छलफल भएको थियो ।

मुख्य मन्त्री पोखरेलले संघीयतामा खेलकुदलाई कसरी लानेलगायतका विषयमा कुरा गर्न आवश्यक रहेका बताए।
सदस्य–सचिव सिलवालले संरक्षण र सुरक्षाको दृष्टिकोणले आठौं राष्ट्रिय खेलकुदका लागि बनेका पूर्वाधार प्रतियोगिता सम्पन्न भएपछि प्रदेश सरकारलाई हस्तान्तरण गर्नुमा जोड दिएका थिए ।

२०७६ श्रावण ७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment