फिना विश्व च्याम्पियनसिप : गौरीका र एलेक्जेन्डरको कीर्तिमान

गौरिका सिंह र एलेक्जेन्डर शाहले अठारौं फिना विश्व च्याम्पियनसिपमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन्।

गौरिकाले महिला १ सय मिटर फ्रिस्टायल १ मिनेट ००.६२ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका १ मिनेट ००.७९ सेकेन्डको कीर्तिमानमा सुधार गरेको दक्षिण कोरियोबाट पौडी प्रमुख प्रशिक्षक शंकर कार्कीले जनाएका छन् । ९६ प्रतिस्पर्धी सहभागी उक्त स्पर्धामा गौरिका समग्रमा ६९ औं स्थानमा रहिन्।

एलेक्जेन्डरले पुरुष १ सय मिटर फ्रिस्टायलमा ५६.२८ सेकेन्डको कीर्तिमान रचे । उनले २०१७ मा काठमाडौंमा भएको सातौं एनएस कप पौडीमा शिरीष गुरुङले बनाएको ५७.८८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् । एलेक्जेन्डरको स्पर्धामा १ सय २३ खेलाडीले प्रतिस्पर्धा गरेकोमा उनी १०२ औं स्थानमा रहे ।

 

२०७६ श्रावण ९, बिहीबार मा प्रकाशित