दक्षिण एसियाली खेलकुद : करातेको बन्द प्रशिक्षण सुरु

काठमाडौं साउन ९ गते ।

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) लाई लक्षित गरी करातेको बन्द प्रशिक्षण सुरु भएको छ ।

बन्द प्रशिक्षणमा ८४ खेलाडी सहभागी छन् । प्रदेश ५ मा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा पहिलो, दोश्रो र तेश्रो भएका खेलाडीलाई समावेश गरिएको कराते प्रमुख प्रशिक्षक मदन उप्रेतीले जनाएका छन् ।

खेलाडीको अन्तिम चरणको छनोट ४५ दिनपछि हुने प्रमुख प्रशिक्षक उप्रेतीले जानकारी दिए । त्यसपछि पहिलो हुने खेलाडी मात्र बन्द प्रशिक्षणमा रहने छन् ।  टिम स्पर्धाको छनोट भने साउन १३ गते गरिने छ ।

नेपाल तेक्वान्दो संघले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा सदस्य–सचिव रमेशकुमार सिलवाल (दायाँ) लाई बधाइ दिदै संगीना वैद्य ।

बन्द प्रशिक्षणको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच उद्घाटन गरे ।
कार्यक्रममा सदस्य–सचिव सिलवालले आर्थिक भार बढ्छ भनेर खेलाडीको प्रशिक्षणमा सम्झौता गर्न नसकिने बताउदै खेलाडीलाई इमान्दारीपूर्वक प्रशिक्षण गरी उत्कृष्ट नतिजा ल्याउन प्रयासरत रहन बताए ।

२०७६ श्रावण ९, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment