साग तयारी संगै ह्याण्डबल खेल मैदान स्त्तोरोन्नतीका लागि समिती गठन

पोखरा, ११ साउन । यहि मंसिरको १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत ह्याण्डबल खेलको बन्द प्रशिक्षण व्यवस्थित गर्न एक समिती गठन गरेको छ ।

गण्डकी प्रदेश सभाका सांसद तथा नेपाल ह्याण्डबल संघका उपाध्यक्ष मोहन रेग्मी अनुगमन समितीको संयोजकमा र नेपाल ह्याण्डबल संघका सचिब केशब पाठक बसोबास तथा यातायत समितीको संयोजकमा रहेका छन ।

साग अन्तरगत महिला तथा पुरुषको ह्याण्डबल खेल पोखरामा हुने भएकोले बन्द प्रशिक्षण समेत पोखरामा हुने नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताएका छन ।

पोखरा रंगशालामा रहेको ह्याण्डबल एकेडेमीको मैदानलाई समेत स्त्तोरोन्नती गरिने भएको छ । राष्ट्रिय खेलकुद परिषदले साग खेलका लागि मैदानको स्त्तोरोन्नतीका लागि आव २०७६÷०७७ मा ५० लाख रकम विनियोजन गरेको छ । उक्त रकमबाट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन ढलान गरिने र आधुनिक म्याट समेत बिछ्याउने कार्यक्रम रहेको अध्यक्ष गुरुङले बताए ।

ह्याण्डबल मैदानको ढलान सहित म्याट ओछ्याउन करिब १ करोड २५ लाख खर्च लाग्ने अनुमान गरिएको छ । उक्त मैदानलाई साग अघि तयार गरि सक्न योगेन्द्र बहादुर बस्नेतको संयोजकत्वमा ९ सदस्यिय उपभोक्ता समिती गठन गरिएको कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । उक्त समितीको उपाध्यक्षमा राम गुरुङ र सचिबमा श्रीकृष्ण अधिकारी रहेका छन ।

त्यसै गरि उपाभोक्ता समितीको कोषाध्यक्षमा शान्ति थापा सदस्यहरुमा खिम गुरुङ, विश्व तञ्डुकार, पदम नेपाली, मोहन गुरुङ र टिकाराम पुन रहेका छन ।

कास्की जिल्ला ह्याण्डबल संघका कार्यबाहक अध्यक्ष त्रिच थापाको अध्यक्षता संघका केन्द्रिय अध्यक्ष तेज गुरुङको उपस्थितीमा बैठक सम्पन्न भएको थियो ।

२०७६ श्रावण ११, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment