अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा नेपाललाई स्वर्ण

नेपालले वेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्ण जितेको छ । नेपालले नागेनो कातामा स्वर्ण जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

सात टिम सहभागी उक्त स्पर्धामा उत्तम प्रधान श्रेष्ठ र देवकीमाया श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । महिला ५२ केजीमुनि देवकीले रजत तथा पुरुष ५५ केजीमुनि उत्तमले कांस्य जिते । टोलीको प्रशिक्षकमा सूर्यनारायण श्रेष्ठ रहेका छन् । प्रतियोगिता चीनको झिनहुवामा अगष्ट ३ र ४ तारिखमा भएको थियो ।

२०७६ श्रावण १९, आईतवार मा प्रकाशित