जुनियर एथलेटिक्स च्याम्पियनसिप स्वर्ण विजेता अजितलाई मोटरसाइकल

खेलनेपाल, काठमाडौं साउन २४ गते ।

नेपाल एथलेटिक्सले मध्यम दूरीका धावक अजितकुमार यादवलाई पूर्व घोषित पुरस्कार मोटरसाइकल शनिबार प्रदान गरेको छ ।

हङकङमा मार्च १७ तारिखमा भएको तेश्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियनसिपको ३ हजार मिटर दौडमा स्वर्ण जितेपछि एथलेटिक्स संघले पुरस्कार स्वरुप अजितलाई मोटरसाइकल दिने घोषणा गरेको थियो ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य–सचिव रमेशकुमार सिलवाल र एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले अजितलाई मोटरसाइकलको साँचो हस्तान्तरण गरे । १ लाख ९२ हजार ९ सय रुपैयाँ मुल्य पर्ने टीभीएसको स्ट्राइकर १ सय २५ सिसिको मोटरसाइकल अजितलाई प्रदान गरिएको हो ।

सोही अवसरमा उनका प्रशिक्षक धनीराम चौधरीलाई पनि नगद १ लाख रुपैयाँसहित सम्मान गरिएको थियो ।

२०७६ श्रावण २४, शुक्रबार मा प्रकाशित

Loading...

Leave a Comment