एसओएसको जित

एसओएसले चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा आइतबार जित हात पारेको छ ।
एसओएसले इस्ट पोललाई २८–१८ ले पराजित ग¥यो । विजेताका अपार गौतमले ११ अंक जोडे । सिनियर ब्वाइजमै टीआईएले अरुणिमालाई ५३–१६ तथा न्यु बुद्ध प्रकाशले बूढानीलकण्ठलाई ४५–२९ ले हराए । टीआईएका निकेश कार्कीले १४ तथा न्यु बुद्ध प्रकाशका सरोजकुमार तामाङले १८ अंक बटुले ।
सिनियर गल्र्समा दोहोरो जित निकालेको स्किब्सले द चाँदबागलाई ३२–२९ तथा आयोजक बौद्ध इन्टरनेसनल स्कुललाई ३५–३२ ले पाखा लगाए । स्किब्सबाट चाँदबाग विरुद्ध अप्सरा पौडेलले २१ तथा बौद्ध विरुद्ध सिर्जना मगरले १५ अंक जोडे । सिनियर गल्र्सकै अर्को लिगमा रुपिजले अक्षरालाई ३५–१४ ले पन्छायो । रुपिजकी विनामणि योञ्जनले १५ अंक जोडिन् ।

२०७६ श्रावण २७, सोमबार मा प्रकाशित