नेरिकको तेहोरो जित

नेरिक एकेडेमीले आठौं ग्रिनफिल्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार तेहोरो जित हात पारेको छ ।

सिनियर ब्वाइजमा नेरिकले सेन्ट जेभियर्सलाई ४२–२७ ले पराजित गर्यो । नेरिकको जितमा समिप खत्रीले १४ अंक योगदान गरे । जुनियर ब्वाइजमा मनोज खत्रीको १० अंक सहयोगमा नेरिकले ग्रिनफिल्डलाई ३१–१७ ले हरायो । सिनियर गल्र्समा नेरिकले ग्रिनल्यान्डलाई २०–१७ ले पाखा लगायो । नेरिककी एन्जिला क्षेत्रीले १४ अंक जोडिन् ।

सिनियर ब्वाइजको अन्य खेलमा ग्रिनल्यान्ड ‘ए’ ले एलआरआईलाई ३२–१४, काठमाडौं जेभियरले जुबिलियन्टलाई ४६–२०, ग्रिनफिल्ड ‘बी’ ले कमललाई ४८–४४ र ज्योतिले होलीभिजनलाई ४६–३५ ले पाखा लगाए । ग्रिनल्यान्ड ‘ए’ का अनिश पाण्डेले ९, काठमाडौं जेभियरका प्रशान्त चहारले १५, ग्रिनफिल्ड ‘बी’ का इशान लामिछानेले १० र ज्योतिका सन्दिप पुन मगरले १६ स्कोर गरे ।

२०७६ श्रावण २७, सोमबार मा प्रकाशित