कोहली र ऐयरको उत्कृस्ट साझेदारीले भारतको जित, अर्को शतक पछि पोंटिंगको ठुलो रेकर्ड तोड्ने संघारमा कोहली

बिराट कोहली र श्रेयस ऐयरले लगातार दोश्रो खेलमा उत्कृस्ट प्रदर्शन गर्दा भारतले तेश्रो एकदिवसीयमा वेस्टइन्डिजलाई ६ विकेटले ( डीएल मेथड ) ले पराजित गरेको छ। जितसंगै भारतले ३ खेलको सिरिज २-० ले जितेको छ। पहिलो खेलमा वर्षाको कारण नतिजाविहिन रहेको थियो।

वर्षाका कारण वेस्टइन्डिजको इनिंग ३ घण्टा रोकिएपछि ३५ ओभरमा झारिएको इनिंगमा वेस्टइन्डिजले ७ विकेट गुमेर २४० रन बनाएको थियो। भारतले ३२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो।

यो संगै भारतले वेस्ट इन्डिजमा सन् २००६ देखि लगातार ९ वटा एकदिवसीय सिरिज जित्न सफल भएको छ।

कोहली र ऐयर उत्कृस्ट 

ओपनर रोहित शर्मा १०, शिखर धवन ३६ तथा रिशभ पन्त खाता नखोली आउट हुँदा भारत १३ औं ओभरमा ९२/३ को अवस्थामा थियो। विकेट जोगाउनु पर्ने तथा ७ भन्दा बढीको रन रेटमा रन बनाउनु पर्ने अवस्थामा कोहली र श्रेयस ऐयरले चौथो विकेटको लागि शतकीय साझेदारी गरे।

१२० रनको साझेदारी गरे कमर रोचले २९ औं ओभरमा तोडे। श्रेयस ऐयर ४१ बलमा ३ चौका र ५ छक्का मदतले ६५ रन बनाएर आउट भए। उनले गत खेलमा समेत ७१ रन बनाएका थिए भने कोहलीसंग १२५ रनको साझेदारी गरेका थिए।

ऐयरको विकेट पछि कोहलीले लगातार दोश्रो र करियरको ४३ औं शतक पुरा गरे। अघिल्लो खेलमा पनि कोहलीले १२० रन बनाएका थिए। केदार जाधवसंग ४४ रनको साझेदारी गर्दै कोहलीले ३३ औं ओभरमा कार्लोस ब्राथवेटलाई लगातार २ चौका प्रहार गरेर भारतलाई जित चुमाए।

कोहलीले अविजित ११४ रन बनाए जुन क्रममा ९९ बलमा १४ चौका प्रहार गरे। जाधवले १२ बलमा १ चौका र १ छक्का प्रहार गर्दै अविजित १९ रन बनाए।

वेस्ट इन्डिज बलर फाबीयन एलेनले २ तथा कमर रोचले १ विकेट लिए।

गेल र लुइसको विस्फोटक ब्याटिंग 

यस अघि टस ट्रिनिडाडमा टस जितेर ब्याटिंग गरेको वेस्ट इन्डिजको लागि ओपनर क्रिस गेल र इभिनले विस्फोटक सुरुवात दिलाएका थिए। पहिलो विकेटको लागि ११५ रनको साझेदारी मात्र १०.५ ओभरमै गरेका थिए।

११ औं ओभरमा लुइस ४३ रन बनाएर चाहलबाट आउट भए जसले २९ बलमा ३ छक्का र ५ चौका हिर्काए। त्यसपछि १२ औं ओभरमा गेललाई खलिल एहमदले क्याच आउट गरे। अन्तिम एकदिवसीय इनिंग खेल्ने क्रममा गेलले ४१ बलमा ८ चौका र ५ छक्का प्रहार गरे।

निकोलस पुरनले ३०, शिमरन हेटमायरले २५, शाइ होपले २४, कार्लोस ब्राथवेटले १६ तथा जेसन होल्डरले १४ रन बनाए।

भारतको बलिंगमा खलिल एहमदले सर्वाधिक ३ विकेट ( ७-०-६८-३ ) विकेट लिए। मोहम्मद शामी ( ७-१-५०-२ ) ले २ तथा युझभेन्द्र चहल र रभिन्द्र जडेजाले १ विकेट लिए।

लगातार २ शतक बनाएका कोहली प्रतियोगिताकै उत्कृस्ट खेलाडी चुनिए।

पोंटिंगको रेकर्ड तोड्ने क्रममा कोहली

भारतको कप्तान भएपछि कोहलीले २१ औं शतक पुरा गरेका छन्। कप्तानको रुपमा सबैभन्दा धेरै शतक प्रहार गर्ने खेलाडी अस्ट्रेलियाका पुर्व कप्तान रिकी पोंटिंग हुन् जसले २२ शतक प्रहार गरेका थिए। पोंटिंगले २२० इनिंग ब्याटिंग गर्दै उक्त शतक बनाएका थिए भने कोहलीले मात्र ७६ इनिंगमा २१ शतक बनाउदै पोंटिंगको रेकर्ड तोड्ने संघारमा पुगेका हुन्।

कप्तानको रुपमा तेश्रो धेरै शतक प्रहार गर्ने खेलाडी एबि डी भिल्लीयर्स हुन् जसले १३ शतक बनाएका छन्। यस्तै सौरभ गांगुलीले ११ शतक बनाएका थिए।

३ वटा टि-२० र ३ वटा एकदिवसीयको सिरिज भारतले क्रमश ३-०- र २-० ले जितेपछि अब अगस्ट २२ देखि २ वटा टेस्टको सिरिज खेलिनेछ।

२०७६ श्रावण ३०, बिहीबार मा प्रकाशित