इन्डियन प्रिमियर लिग ( आईपीएल ) टिम कोलकाता नाइट राइडर्सले न्युजिल्याण्ड पुर्व कप्तान ब्रेण्डन म्याकलमलाई प्रमुख प्रशिक्षकको रुपमा नियुक्त गरेको छ। यस्तै क्यारेबियन प्रिमियर लिग टिम ट्रिनबागो नाइट राइडर्सको पनि सोहि जिम्मेवारी म्याकलमलाई सुम्पिएको छ।
म्याकलमले गत हफ्ता अन्तर्राष्ट्रिय क्रिकेटको सबै फर्म्याटबाट सन्यास घोषणा गरेका थिए।
म्याकलम कोलकाता नाइट राइडर्स टिमबाट खेलाडीको रुपमा २००८ देखि १० सम्म तथा फेरी २०१२ र १३ मा खेलेका थए। आईपीएलको सुरुवातमै म्याकामले कोलकाताको लागि खेल्ने क्रममा २००८ मा रोयल च्यालेन्जर्स बैंगलोर बिरुद्ध १५८ रनको विशाल इनिंग खेलेका थिए। यस्तै उनले ट्रिनबागोबाट पनि २०१६ देखि १८ सम्म खेलेका थिए जुन क्रममा दुवै संस्करणको उपाधि समेत जितेको थियो। २०१८ आईपीएल अक्सनमा म्याकलम बिक्रि भएका थिएनन्।
? The announcement you all have been waiting for! ?
Put your hands together and welcome @Bazmccullum, our new Head Coach ?#WelcomeBackBaz #KorboLorboJeetbo pic.twitter.com/tDYz1V9IGz
— KolkataKnightRiders (@KKRiders) August 15, 2019
ज्याक कालिसले यस अघि कोलकाताको मुख्य प्रशिक्षकको भूमिका निभाएका थिए। कालिस २०१५ मा प्रशिक्षक नियुक्त भएका थिए जसको कार्यकालमा टिम उपाधिविहिन रह्यो।
“यो जिम्मेवारी पाउनु मेरो लागि ठुलो सम्मानको कुरा हो। नाइट राइडर्स फ़्रेन्चाइजले क्रिकेटमा आफुलाई अब्बल प्रमाणित गरेको छ। कोलकाता र ट्रिनबागोमा हामीसंग उत्कृस्ट टिम र सपोर्ट स्टाफ रहेको छ जसको सहायताले म टिमलाई सफलता तिर लैजाने प्रयास गर्नेछु”
२०१९ आईपीएलमा कोलकाता पाँचौ स्थानमा रहँदै प्ले-अफ चरण पुग्न असफल रहेको थियो। सन् २०१२ र २०१४ मा आईपीएल उपाधि जितेको कोलकाताले त्यसपछि ३ पटक प्लेअफ पुगे पनि फाइनल भने पुग्न सकेको छैन।

म्याकलमले न्युजिल्याण्डको लागि सन् २००४ मा दक्षिण अफ्रीकाको लागि टेस्टमा तथा २००२ मा अस्ट्रेलिया बिरुद्ध एकदिवसीयमा डेब्यु गरेका थिए। टि-२० मा उनले २००५ मा डेब्यु गरेका थिए। यस क्रममा उनले १०१ टेस्टमा ६,४५३ रन, एकदिवसीयमा २६० खेलमा ६,०८३ रन तथा टि-२० मा ७१ खेलमा २,१४० रन प्रहार गरे। टेस्टमा १२ , एकदिवसीयमा ५ र टि-२० मा उनले २ वटा शतक प्रहार गरे।
म्याकलम पहिलो क्रिकेटर हुन् जसले डेब्यु पछि लगातार १०० वटा टेस्टमा लगातार खेलेका थिए। उनि न्युजिल्याण्डको लागि तेहेरो शतक प्रहार गर्ने पहिलो न्युजिल्याण्ड ब्याट्सम्यान् पनि हुन्। उनले २०१४ मा भारत बिरुद्ध ३०२ रन प्रहार गरेका थिए।
न्युजिल्याण्ड राष्ट्रिय टिमको लागि उनले अन्तिम टेस्ट र एकदिवसीय २०१६ मा खेलेका थिए भने २०१५ मा अन्तिम टि-२० खेलेका थिए। राष्ट्रिय टिमबाट सन्यास पछि उनि टि-२० लिगहरुमा व्यस्त रहेका थिए।
अन्तिम पटक उनले टोरोन्टो नेसनलको लागि ग्लोबल टि-२० लिग क्यानडा खेलेका थिए।
