डिकवेला र लक्मलको साझेदारीले अग्रताको आशामा श्रीलंका , एजाजको उत्कृस्ट बलिंग

न्युजिल्याण्डको श्रीलंका भ्रमण अन्तर्गत २ टेस्टको सिरिज अन्तर्गत गालेमा पहिलो टेस्ट जारि रहेको छ। टेस्टको दोश्रो दिनको सम्पतिमा श्रीलंकाले आफ्नो पहिलो इनिंगमा ७ विकेट गुमाएर २२७ रन बनाएको छ। न्युजिल्याण्ड भन्दा अझै पहिलो इनिंगमा २२ रनले श्रीलंका पछि रहेको छ।

पहिलो दिनको समाप्तिमा बुधबार २०३/५ को अवस्थामा रहेको न्युजिल्याण्डले थप ४६ रन बनाउदा बाँकी ५ विकेट गुमाउन पुग्यो। दोश्रो दिनको पहिलो बलमा रोस टेलर ८६ रन बनाएर सुरंगा लक्मलको शिकार भए। त्यसपछि मिचेल स्यांटनर १३, टिम साउथी १४, ट्रेन्ट बोल्टले १८ रन बनाए। दोश्रो दिन ५ विकेट मध्ये ४ विकेट सुरंगा लक्मल एक्लैले लिए। न्युजिल्याण्डको लागि यस अघि हेनरी निकोलसले ४२, जित राभलले ३३ तथा टम लाथमले ३० रन बनाएका थिए।

श्रीलंकाको बलिंगमा अकिला धनन्जय ( ३०-३-८०-५ ) ले ५ तथा सुरंगा लक्मलले ४ ( १५.२-५-२९-४ ) विकेट लिए।

श्रीलंकाको पहिलो इनिंग , डिकवेला र लक्मलले सम्हाल्दै 

दोश्रो दिन ब्याटिंग सुरु गरेको श्रीलंकाक लागि कुशल मेन्डिसले ५३ तथा एन्जेलो म्याथुजले ५० रन बनाए। तेश्रो विकेटको लागि मेन्डिस र म्याथुजले ७७ रनको साझेदारी गरे। कप्तान डिमुथ करुनारत्नेले ३९ रन बनाए।

अजिज पटेलले मेन्डिस र म्याथुजको विकेट लिएपछि श्रीलंका १६१/७ को अवस्थामा पुगेको थियो। त्यसपछि निरोशन डिकवेला र सुरंगा लक्मलले आठौँ विकेटको लागि अविजित ६६ रनको साझेदारी गरे।

डिकवेला ३९ तथा लक्मल २८ रन बनाएर ब्याटिंग गरिरहंदा दिनको समाप्ति भएको हो।

न्युजिल्याण्डको बलिंगमा देब्रे हाते स्पिनर एजाज पटेलले ५ विकेट ( २९-६-७६-५ ) लिए। छैठौं टेस्ट खेल्ने क्रममा उनले दोश्रो पटक ५ विकेट लिएका हुन्।

२०७६ श्रावण ३०, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment