एसेज : पहिलो इनिंगमा इंग्ल्याण्ड २५८ रनमा समेटिन पुग्यो

एसेज सिरिज अन्तर्गत लर्ड्समा जारि दोश्रो टेस्टमा टस हारेर ब्याटिंग गरेको इंग्ल्याण्डले पहिलो इनिंगमा २५८ रनमा सबै विकेट गुमाएको छ।

पहिलो दिनको खेल वर्षाको कारण सम्भव नभएपछि दोश्रो दिन ब्याटिंग सुरु गरेको इंग्ल्याण्डले ७७.१ ओभरमा सबै विकेट गुमाउन पुग्यो।

इंग्ल्याण्डको लागि ओपनर रोरी बर्नले सर्वाधिक ५३ रन बनाए भने जोनी बेयरस्टोले ५२, क्रिस वोक्सले ३२ तथा जोए डेन्लिले ३० रन बनाए।

इंग्ल्यान्ड ओपनर जेसन रोय खाता नखोली तथा कप्तान जोय रुट १४ रन बनाएर आउट भएपछि तेश्रो विकेटको लागि बर्न र डेन्लिले ६६ रनको साझेदारी गरे। रोय र रुटलाई हेजलवुडले आउट गरे भने लगातार तेश्रो विकेट लिन डेन्लिलेलाई पनि शिकार बनाए।

त्यसपछि जोस बटलर १२, बेन स्टोक्स १३ रन बनाएर आउट हुँदा घरेलु टिम १३८/६ को कमजोर अवस्थामा पुग्यो। सो अवस्थाबाट बेयरस्टोले सातौँ विकेटको लागि क्रिस वोक्ससंग ७२ रनको साझेदारी गरे। वोक्सको विकेटपछि बेयरस्टोले अर्को किनारमा विकेट गुमेता पनि एक किनार सम्हाली रहे। दशौँ रुपमा बेयरस्टो आउट हुन पुगे।

अस्ट्रेलियाको बलिंगमा प्याट कमिन्स ( २१-८-६१-३ ), जोश हेजलवुड ( २२-६-५८-३ ) र नाथन लायन ( १९.१-२-६८-३ ) ले ३/३ तथा पिटर सिडल ( १३-२-४८-१ ) ले १ विकेट लिए।

अस्ट्रेलियाले आफ्नो इनिंग सुरु गरिसकेको छ र यो समाचार तयार पार्दा ४.२ ओभरमा ११ रन बनाउदा १ विकेट गुमाएको छ। डेभिड वार्नर ३ रन बनाएर स्टुवार्ट ब्रडको बलमा बोल्ड भएका छन्।

सिरिज अन्तर्गत पहिलो टेस्टमा अस्ट्रेलिया २५१ रनले विजयी भएको थियो।

 

२०७६ श्रावण ३०, बिहीबार मा प्रकाशित

Loading...

Leave a Comment