राष्ट्रिय टिममा विराज महर्जन परेनन्, मलेसिया मैत्रीपूर्ण खेलको लागि टिम घोषणा ( खेल तालिका सहित )

मलेसियन लिग फुटबल च्याम्पियन जोहर दारुल ताजिम एफसी संग मैत्रीपूर्ण खेल खेल्न २३ सदस्यीय नेपाली फुटबल टिमको घोषणा भएको छ।

नेपाली टिमको घोषणा प्रशिश्क योहान कालिनले गरेका हुन्। फुटबल विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ छनौट प्रतियोगिताको तयारीस्वरूप नेपालले भदौ ९ गते मैत्रीपूर्ण खेल खेल्नेछ। खेल मलेसिया जोहर सिटि स्थित पसार गुडांग स्टेडियममा खेलिनेछ।

घोषित नेपाली टिममा गोलकिपर किरण चेम्जोंग, रोहित चन्द, बिराज महर्जन छैनन्। नियमित कप्तान विराज अन्तिम-२३ मा पर्न असफल रहे। विराज टिममा नपर्नुको कारण फिटनेस मानिएको छ। किरण हाल जापानमा प्रशिक्षणको क्रममा रहेका छन् जो विश्वकप छनौटमा फर्कनेछन्। रोहित पनि विश्वकप छनौटमा टिममा सामेल हुनेछन् जो हाल इन्डोनेसिया लिग खेलीरहेका छन्।

विश्वकप छनौट प्रतियोगितामा नेपाल समुह ‘बि’ मा रहेको छ जहाँ अस्ट्रेलिया, कुवेत, जोर्डन र चाइनिज ताईपेई रहेको छ।

छनौट अन्तर्गत नेपालले कुवेत बिरुद्ध भदौ १९ गते तथा चाइनिज ताईपेई बिरुद्ध भदौ २४ गते खेल्नेछ। त्यसपछि नेपालको खेल अस्ट्रेलियासंग असोज २३ गते र जोर्डन बिरुद्ध असोज २८ गते रहेको छ।

नेपाली टिम

गोलकिपर : विकेश कुथु, एलन न्यौपाने, विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डरी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवी पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई
फरवार्ड : विमल घर्तीमगर, विक्रम राना, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

नेपाली फुटबल टिमको अभ्यासको फोटोहरु 

( फोटोहरु – एन्फा )

२०७६ श्रावण ३१, शुक्रबार मा प्रकाशित