भारतीय क्रिकेट टिमको प्रशिक्षकमा रभी शास्त्रीले निरन्तरता पाएका छन्। शास्त्री भारतीय क्रिकेट बोर्डले २०२१ टि-२० विश्वकपसम्मको लागि मुख्य प्रशिक्षकमा निरन्तरता दिएको हो।
शुक्रबार भारतीय बोर्डको क्रकेट सल्लाहकार समितिले शाश्त्रीलाई निरन्तरता दिन सुझाव दिएको हो।
“वर्तमान प्रशिक्षक हुनुको नाताले उनले सबै खेलाडीहरुलाई चिनेका छन् भने समस्याहरु पनि थाहा छ र त्यसो समाधान पनि।” कमिटिले बताएको छ। प्रशिक्षक हुनको लागि ६ जना प्रशिक्षकहरुको अन्तिम चयन गरिएको थियो जसमध्ये बाट ५७ वर्षीय शास्त्री पहिलो रोजाईमा परेका हुन्।

मुख्य प्रशिक्षक बन्ने दौडमा न्युजिल्याण्डका पुर्व प्रशिक्षक माइक हेसन, पुर्व अस्ट्रेलियन क्रिकेटर तथा श्रीलंकन टिमका प्रशिक्षक रहीसकेका टम मुडी, वेस्टइन्डिज पुर्व क्रिकेटर तथा वर्तमान अफगानिस्तानका प्रशिक्षक फिल सिमोन्स, भारतीय टिमका पुर्व म्यानेजर लालचन्द राजपुत, भारतीय टिमका पुर्व फिल्डिंग प्रशिक्षक तथा क्रिकेटर रोबिन सिंह रहेका थिए।
शास्त्री पछि भारतीय टिमको दोश्रो रोजाइमा माइक हेसन तथा तेश्रो रोजाइमा टम मुडी थिए।
The CAC reappoints Mr Ravi Shastri as the Head Coach of the Indian Cricket Team. pic.twitter.com/vLqgkyj7I2
— BCCI (@BCCI) August 16, 2019
शास्त्री प्रशिक्षक हुनुमा उनको भारतीय कप्तान बिराट कोहलीसंगको सम्बन्धलाई प्रमुख मानिएको छ। कोहलीले वेस्टइन्डिज टुर अघि शास्त्रीलाई प्रशिक्षकमा निरन्तरता दिन आफ्नो मत व्यक्त गरेका थिए।
जुलाई २०१७ मा अनिल कुम्बलेको स्थानमा रभी शास्त्रीलाई मुख्य प्रशिक्षक बनाईएको थियो। २०१९ विश्वकपमा सेमीफाइनलमा भारतको यात्रा रोकिएपछि नयाँ प्रशिक्षक खोजाइ सुरु भएको थियो।
प्रशिक्षकको छनौट गर्नको लागि भारतीय बोर्डको क्रिकेट सल्लाहकार कमिटिमा ३ जना सदस्य रहेका थिए। पुर्व भारतीय क्रिकेटरहरु कपिल देव, अंशुमान गायकवाड र शंथा रंगस्वामी कमिटिमा थिए ।
