श्रीलंकालाई जितको दिशा देखाउदै थिरमाने र करुनारत्नेले

श्रीलंकाको गाले मैदानमा जारि श्रीलंका र न्युजिल्यान्ड बीचको २ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको चौथो दिनको समाप्ति भएको छ।

दिनको समाप्तिमा श्रीलंकाले दोश्रो इनिंगमा ब्याटिंग गर्दै न्युजिल्यान्डले दिएको २६८ रनको लक्ष्य पछ्याउने क्रममा विकेट नगुमाई १३३ रन बनाएको छ। अब जितको लागि घरेलु टिमलाई १३५ रनको आवस्यकता रहेको छ।

टेस्टको पहिलो इनिंगमा न्युजिल्याण्डले २४९ रन बनाएको थियो भने श्रीलंकाले पहिलो इनिंगमा २६७ बनाउदै १८ रनको अग्रता लिएको थियो। न्युजिल्याण्डले दोश्रो इनिंगमा आज २८५ रनमा समेटिएपछि श्रीलंकाले २६८ रनको लक्ष्य पाएको हो।

लक्ष्य पछ्याउने क्रममा उत्कृस्ट ब्याटिंग गर्दै श्रीलंकन ओपनिंग जोडी लाहिरु थिरमाने र डिमुथ करुनारत्नेले १३३ रनको साझेदारी गरेका हुन्। थिरमाने ५७ तथा करुनारत्ने ७१ रनमा अविजित रहेका छन्।

न्युजिल्याण्डको दोश्रो इनिंग 

तेश्रो दिनको समाप्तिमा १९५/७ को अवस्थामा रहेको थियो। चौथो दिन थप ३ विकेट गुमाउन किविजले ९० रन जोड्यो। उसको लागि बिजे वाटलिङ्गले सर्वाधिक ७७ रन बनाए भने ओपनर टम लाथमले ४५ तथा विल्लियम समरभिल्लेले अविजित ४० रन बनाए। तल्लो क्रममा ट्रेन्ट बोल्टले २६, टिम साउथिले २३ रन बनाए।

श्रीलंकाको बलिङ्गमा लासिथ एम्बुलडेनियाले सर्वाधिक ४, धनन्जय डी सिल्भाले ३ तथा लाहिरु कुमाराले २ विकेट लिए। डी सिल्भाले पहिलो इनिंगमा ५ विकेट लिएका थिए।

२०७६ श्रावण ३२, शनिबार मा प्रकाशित