करातेसंघ अध्यक्ष श्रेष्ठ जापान प्रस्थान

नेपाल सोतोकान कराँते संघ (धकपा)का अध्यक्ष हेमकुमार श्रेष्ठ टोकियोमा हुने चौथो विश्व सोतोकान कराँते च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्न शनिवार जापान प्रस्थान गरेका छन् ।

विश्व सोतोकान कराँते महासंघको आयोजनामा टोकियोमा हुने च्याम्पियनसिप अगस्ट १९ देखि २५ संचालन हुने छ । श्रेष्ठ विश्व सोतोकान कराँते महासंघको निमन्त्रर्णामा त्यसतर्फ प्रस्थान गरेका हुन्।

शनिवार अन्तर्राष्ट्रिय एर्यरपोटमा संघका पदाधिकारीले विदाई गरेका थिए । श्रेष्ठ २६ अगस्टमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । नेपाल सोतोकान कराँते संघकी बरिष्ठ उपाध्यक्ष प्रमिला सिंहले शुक्रवार आफ्नै इपीएस स्कुलमा बिदाई गरेकी थिईन् ।

२०७६ श्रावण ३२, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment