हिमालय प्रिक्वाटरफाइनलमा

हिमालय पाँचौं स्किब्स अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा शनिबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेको छ । हिमालयसंगै निम्सले पनि प्रिक्वाटरफाइनलमा स्थान सुरक्षित गर्यो ।

स्किब्सको आयोजनामा भइरहेको प्रतियोगिताको सिनियर ब्वाइजमा युलेन्स, ग्रामर पब्लिक र बीएनए क्वाटरफाइनलमा पुगे । सिनियर ब्वाइजमै एचएचसीए, हिमालय, निम्स, ग्रिनल्यान्ड, भ्याली पब्लिक, द एक्सेल्सियर स्कुल र भक्तिले भने प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।

प्रतियोगिताको आयोजक स्किब्सका प्रिन्सिपल अरुण केसीले एक कार्यक्रमबीच उद्घाटन गरे । सिनियर ब्वाइजमा २९, जुनियर ब्वाइजमा १६ र सिनियर गल्र्समा २४ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिहेका छन् । फाइनल भदौ ४ गते हुने छ ।

२०७६ श्रावण ३२, शनिबार मा प्रकाशित

Loading...

Leave a Comment