कप्तान करुनारत्नेले शानदार १२२ रन बनाउदा श्रीलंकाको रेकर्ड चेज

न्युजिल्याण्डको श्रीलंका भ्रमण अन्तर्गत २ टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टमा श्रीलंकाले न्युजिल्याण्डलाई पराजित गरेको छ। जितसंगै वर्ल्ड टेस्ट च्याम्पियनसीपको पहिलो खेलमा पनि श्रीलंकाले महत्वपूर्ण ६० अंक हात पारेको छ।

श्रीलंकन क्रिकेट टिमको कप्तानी सम्हालेपछि करुनारत्नेको यो लगातार तेश्रो टेस्ट जित हो। गाले मैदानमा कुनै पनि टिमले यस अघि ९९ भन्दा बढीको लक्ष्य पछ्याउन सकेको थिएन।

टेस्ट जित्न श्रीलंकाले २६८ रनको लक्ष्य पाएको थियो। चौथो दिनको खेल समाप्तिमा श्रीलंकाले विकेट नगुमाई १३३ रन बनाएको थियो र पाँचौ दिन जित्न १० विकेट बाँकी हुँदा थप १३५ रन आवस्यकता रहेको थियो।

चौथो दिन ७१ रनमा अविजित रहेका कप्तान करुनारत्नेले शतक बनाउदै श्रीलंकालाई जिततर्फ लागे। उनले २४३ बलमा ६ चौका र १ छक्का मदतले १२२ रनको इनिंग खेले। उनको करियरकको यो नवौं शतक हो। यस्तै अर्का ओपनर लहिरु थिरमानेले ६४ रन बनाए। करुनारत्ने र थिरमानेले पहिलो विकेटको लागी १६१ रनको साझेदारी गरे जुन न्युजिल्याण्ड विरुद्ध श्रीलंकन ब्याट्सम्यानको सर्वाधिक ओपनिंग साझेदारी हो।

थिरमानेको विकेटपछि कुशल मेन्डीस ( १० ) पनि छिट्टै आउट भए। त्यसपछि न्युजिल्याण्डको खेलमा फर्कने चाहनालाई करुनारत्ने र एन्जेलो म्याथुजले तेश्रो विकेटको लागि ४४ रनको साझेदारी गर्दै पुरा हुन दिएनन्। करुनारत्नेको विकेटपछि म्याथुजले कुशल परेरा ( २३ ) संग चौथो विकेटको लागि ३२ रनको साझेदारी गर्दै टिमलाई जित नजिक पुर्याए।

म्याथुजले अविजित २७ तथा धनन्जय डी सिल्भाले अविजित १४ रन बनाउदै टिमलाई जितसम्म पुर्याए।

टेस्टको पहिलो इनिंगमा न्युजिल्याण्डले २४९ रन बनाएको थियो। श्रीलंकाले पहिलो इनिंगमा २६७ रन बनायो। त्यसपछि न्युजिल्याण्डले दोश्रो इनिंगमा २८५ रन बनाउदै २६८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

पहिलो इनिंगमा ३९ रन बनाएका करुनारत्ने खेलको उत्कृस्ट खेलाडी चुनिए।

सिरिज अन्तर्गत दोश्रो तथा अन्तिम टेस्ट अगस्ट २२ विहिबार देखि कोलोम्बोमा खेलिनेछ।

२०७६ भाद्र १, आईतवार मा प्रकाशित