अस्ट्रेलियन कोच ल्यांगरले ‘नेक गार्ड’ अनिवार्य गर्न जोड, यसकारण स्मिथले प्रयोग गर्दैनन्

अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ एसेज सिरिज दौरान जारि दोश्रो टेस्टमा जोफ्रा आर्चरको बाउन्सरले ढलेपछि अस्ट्रेलियन प्रशिक्षक जस्टिन ल्यांगरले ब्याट्सम्यानहरुले ‘नेक गार्ड’ लगाउन अनिवार्य गर्नुपर्ने कुरामा जोड दिएका छन्।

स्मिथ टेस्टको चौथो दिन ८० रनमा ब्याटिंग गर्दै गर्दा जोफ्रा आर्चरले गरेको १४८.७ किलोमिटर प्रतिघण्टाको बलले स्मिथको गर्दनमा लागेको थियो। त्यसपछि स्मिथ केहि बेर जमिनमा ढलेका थिए जसपछि रिटायर्ड हर्ट हुँदै मैदान बाहिरिएका थिए। त्यसपछि पुनः मैदानमा आउने क्रममा स्मिथले थप १२ रन जोडेपछि विकेट गुमाउन पुगे।

सन् २०१४ मा सिड्नीमा शेफिल्ड शिल्ड म्याचको दौरान बाउन्सरले लाग्दा अस्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको मृत्यु भएको थियो। यस पछि सुरक्षाको लागि नेक गार्ड पनि लगाउन सुरु भएको हो। स्मिथ नेक गार्ड बिना ब्याटिंग गर्न आएका थिए।

“यसमा शंका छैन कि म आफ्नो खेलाडीहरु यो तरिकाले हानिएको हेर्न चाहन्न। मलाई आजसम्म महसुस भएको थिएनकि नेक गार्डलाई अनिवार्य गर्नुपर्छ। तर अहिले खेलाडीहरुसंग बिकप्ल छ र मलाई भविष्यमा यसलाई अनिवार्य गरेमा कुनै हिच्किचाहट हुनेछैन” ल्यांगरले बताए “मलाई यो बारेमा ह्युजको दुखद खबर पछि ठा भएको थियो। म यसको प्रयोग अनिवार्य गर्ने बारे कुरा गर्नेछु। स्मिथले पनि यस बारे पुनर्विचार गर्न सक्नेछन्।”

फिलिप ह्युजको मृत्यु पछि क्रिकेटमा ब्याट्सम्यानहरुको लागि नेक गार्ड सहितको हेल्मेट बनाईएको थियो।

नेक गार्ड भएको हेल्मेट

स्टिभ स्मिथले २०१५ मा नेकगार्ड लगाएर नेटमा ब्याटिंग गरेका थिए तर उनले असहज महसुस गरेका कारण यसलाई लगाउन मन गरेनन्। अस्ट्रेलियन ओपनर डेभिड वार्नरले २०१६ मा आफुले नेक गार्ड नलगाउने किनकि यसले आफ्नो ध्यान भंग गर्ने र लगाउदा असहज महसुस हुने बताएका थिए।

नेक गार्ड निरता कम्पनिले यसको प्रयोग ब्याट्सम्यानहरुक्कोक लागि सहज बनाउन फरक डिजाइनमा काम गरिरहेको छ। नेक गार्डको प्रयोग गर्ने सबैभन्दा पहिलो क्रिकेटर कुमार साँगाकारा हुन् जसले यसको प्रयोग अनिवार्य हुनु पर्नेमा समेत बोल्दै आएका छन्।

स्मिथले नेक गार्ड बिनाको हेल्मेट प्रयोग गरेका थिए 

 

२०७६ भाद्र १, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment