अन्तर्राष्ट्रिय क्रिकेटमा कोहलीको ११ वर्ष पुरा, यी हुन् उनले बनाएका १३ ठुलो रेकर्ड

आजकै दिन ११ वर्ष अघि सन् २००८ मा बिराट कोहलीले भारतीय क्रिकेट टिमको लागि श्रीलंका बिरुद्ध दाम्बुलामा डेब्यु गरेका थिए। डेब्यु खेलमा कोहलीको टिमले हार बेहोर्नु परेको थियो जुन खेलमा उनलाई १२ रनमा नुवान कुलसेकराले एलबिडब्लु आउट गरेका थिए। डेब्यु खेल याददार नभए पनि भारतीय टिमका वर्तमान कप्तानले आफुलाई त्यसपछि निरन्तर अब्बल ब्याट्सम्यानको रुपमा प्रमाणित गर्दै आएका छन् र विश्वकै वर्तमान महान ब्याट्सम्यानको रुपमा आफुलाई प्रमाणित गरिरहेका छन्।

कोहलीले हालसम्म २० हजार ५०२ अन्तर्राष्ट्रिय रन प्रहार गरिसकेका छन्। २०१० पछि कोहलीले २० हजार १० रन बनाएका छन्। उनि एकै दशकमा २० हजार रन पुरा गर्ने विश्वकै एक मात्र ब्याट्सम्यान हुन्।कोहलीले कुल ६८ शतक बनाएका छन् जुन क्रममा एकदिवसीयमा ४३ र टेस्टमा २५ शतक प्रहार गरेका छन्। यस्तै उनले टेस्टमा २०, वानडेमा ५४ तथा टि-२० मा २१ अर्धशतक गरि कुल ९१ अर्धशतक बनाएका छन्।

टेस्ट – ६,६१३ रन – २५ शतक र २० अर्धशतक
एकदिवसीय – ११,५२० रन , ४३ शतक र ५४ अर्धशतक
टि-२० – २,३६९ रन, ० शतक र २१ अर्धशतक

३० वर्षीय कोहलीले अझै अन्तर्राष्ट्रिय क्रिकेटमा खेल्न बाँकी धेरै वर्ष रहेको छ जुन क्रममा धेरै रेकर्डहरु तोड्नेक्रममा रहेका छन्। यस अवधिमा कोहलीले बनाएका रेकर्डहरुको चर्चा यहाँ गरेका छौँ –

१. वानडेमा छिटो १० हजार रन – कोहली एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १० हजार रन पुरा गर्ने सबैभन्दा छिटो ब्याट्सम्यान हुन्। उनले मात्र २०५ इनिंगमा यो किर्तिमान कायम गरेका हुन्। यस अघि यो रेकर्ड सचिन तेन्दुलकरको नाममा रहेको थियो जसले २५९ इनिंगमा १० हजार रन पुरा गरेका थिए।

यस्तै उनले १० वर्ष ६८ दिन खेल्दै १० हजार रन पुरा गरेका थिए जुन पनि दिनको आधारमा सबैभन्दा छिटो हो। यो रेकर्ड राहुल द्रविडको नाममा रहेको थियो जसले १० वर्ष र ३१७ दिनमा १० हजार रन पुरा गरेका थिए। यस्तै कोहली एकदिवसीयमा ८ हजार , ९ हजार , १० हजार र ११ हजार रन पुरा गर्ने पनि सबैभन्दा छिटो क्रिकेटर हुन्।

. कोहलीले श्रीलंका र वेस्टइन्डिज बिरुद्ध लगातार ३ शतक बनाएका छन्। यस्तो गर्ने कोहली विश्वकै एक मात्र ब्याट्सम्यान हुन्।

३. एकै क्यालेन्डर वर्षमा कोहली सबैभन्दा छिटो १ हजार रन पुरा गर्ने ब्याट्सम्यान हुन्। उनले ११ इनिंगमा १ हजार रन पुरा गरेका थिए। यो रेकर्ड हासिम अमलाको नाममा रहेको थियो जसले १५ इनिंगमा १ हजार रन पुरा गरेका थिए।

४. टेस्ट क्रिकेटमा कप्तानको रुपमा ४ हजार रन पुरा गर्ने कोहली सबैभन्दा छिटो ब्याट्सम्यान हुन्। उनले ब्रायन लाराले ७१ इनिंगमा पुरा गरेको रेकर्ड तोड्ने क्रममा ६५ इनिंगमा ४ हजार रन पुरा गरेका थिए।

५. कोहली द्विपक्षीय एकदिवसीय सिरिजमा ६ पटक ३ सय रन भन्दा बढी रन बनाउने पहिलो ब्याट्सम्यान हुन्

६. कोहली र रोहित शर्मा बीच ४ पटक दोहोरो शतकको साझेदारी भएको छ जुन कुनै पनि जोडीले सर्वाधिक पटक गरेको दोहोरो शतकको साझेदारी हो।

७. एकै वर्षमा ६ वटा एकदिवसीय शतक प्रहार गर्ने कोहली एकमात्र कप्तान हुन्। उनले २०१७ र १८ मा ६ वटा शतक बनाएका थिए।

Credit – Times of India

८. कोहली अन्तर्राष्ट्रिय क्रिकेटमा १५ हजार रन ५० भन्दा माथिको औशतले प्रहार गर्ने एक मात्र ब्याट्सम्यान हुन्।

९. एकदिवसीय अन्तर्राष्ट्रियमा एकै देश बिरुद्ध धेरै शतक बनाउने रेकर्ड संयुक्त रुपमा कोहली र सचिन तेन्दुलकरको नाममा रहेको छ। कोहलीले वेस्टइन्डिज बिरुद्ध र तेन्दुलकरले अस्ट्रेलिया बिरुद्ध ९ शतक बनाएका छन्। कोहलीले अस्ट्रेलिया र श्रीलंका बिरुद्ध ८/८ शतक बनाएका छन्।

१०. एकै क्यालेन्डर वर्षमा ११ अन्तर्राष्ट्रिय शतक पुरा गर्ने कोहली एक मात्र कप्तान हुन् जसले २०१७ मा यो किर्तिमान बनाएका थिए।

११. द्विपक्षीय वानडे सिरिजमा ५०० रन पुरा गर्ने उनि पहिलो ब्याट्सम्यान हुन्। विश्वकप क्रिकेट बाहेक अन्य सिरिजमा हालसम्म कोहलीको यो रेकर्ड तोडिएको छैन। कोहलीले २०१७/१८ मा दक्षिण अफ्रीका बिरुद्ध ६ खेलमा ५५८ रन बनाएका थिए।

१२. टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा २ हजार रन पुरा गर्ने उनि सबैभन्दा सबैभन्दा छिटो क्रिकेटर हुन्। उनले ५६ खेलमा उक्त किर्तिमान बनाएका थिए।

१३. लक्ष्य पछ्याउने क्रममा एकदिवसीय अन्तर्राष्ट्रियमा धेरै शतक बनाउने किर्तिमान कोहलीको नाममा रहेको छ। उनले २६ शतक पछ्याउने क्रममा बनाएका छन्।

 

२०७६ भाद्र १, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment