अस्ट्रेलियालाई झट्का ! स्टिभ स्मिथ लर्ड्स टेस्टबाट बाहिर, सट्टामा आए ल्याबुसेन

जोफ्रा आर्चरले गरेको बाउन्सरले लागेका स्टिभ स्मिथ लर्ड्स टेस्टबाट बाहिर भएका छन् भने आगामी टेस्ट खेल्न सक्ने नसक्नेमा पनि प्रश्न चिन्ह खडा भएको छ।

८० रन बनाएर लर्ड्स मैदानमा ऐतिहासिक शतकको नजिक पुगेका स्मिथलाई ७७ औं ओभरमा आर्चरले गरेको बल उनको घांटीको पछाडीतर्फ लागेको थियो। ९२.४ माइल प्रतिघण्टाको गतिमा आर्चरको बलले लागे पछि स्मिथ ढलेका थिए। त्यसपछि रिटायर्ड हर्ट हुँदै मैदान बाहिरिएका स्मिथ पुनः केहि बेरमा ब्याटिंग गर्न आएका थिए। त्यसपछि ९२ रन बनाएर उनि आउट भएका थिए।

हिजो गरिएको टेस्टहरुमा स्मिथ ठिक देखिए पनि आइतबार बिहान उठ्दा उनलाई रिंगटा लागेपछि आज फिल्डिंग गर्न उत्रिएका थिएनन्। क्रिकेट अस्ट्रेलियाका अनुसार हिजो सबै टेस्टहरु पास गरे पनि आज उठ्दा उनको टाउको दुखेको थियो भने रिंगटा लागेको महसुस भएको थियो।

“स्मिथलाई हिजो देखि मेडिकल स्टाफहरुले निगरानी गरेका थिए र उनि राम्रोसंग सुतेका थिए। उनि उठ्दा थोरै टाउको दुखेको र रिंगटा लागेको थियो।”

स्मिथ आज खेल्न नसक्ने भएपछि उनको सट्टा मार्कस ल्याबुसेनले उनको सट्टा खेल्ने भएका छन्। टेस्ट क्रिकेटको १४२ वर्षे इतिहासमा यस प्रकार सब्सटिट्युट

१ वर्षे प्रतिवन्ध पछि टेस्ट क्रिकेटमा कमब्याक गरेका स्मिथले पहिलो टेस्टको दुवै इनिंगमा शतक बनाउदै सबैको तारिफ बटुलेका थिए।

स्मिथ खेल्न नसक्ने भएपछि ट्वीटरमा बिभिन्न पोस्टहरु गरिएका छन् – 

२०७६ भाद्र १, आईतवार मा प्रकाशित