न्यु बुद्ध प्रकाश सेमिफाइलनमा

न्यु बुद्ध प्रकाश चौथो बीआईबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गल्र्समा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

न्यु बुद्ध प्रकाशले अक्षरालाई २४–१७ ले पराजित गर्यो। विजयी टिमका लागि पासाङ तामाङले १३ अंक जोडिन् । सिनियर गल्र्सकै अर्को लिगमा द चाँदबागले बुद्ध एकेडेमीलाई ५०–२६ ले हरायो । चाँदबागका रोजी राई र श्रेया गुरुङले समान १६–१६ स्कोर गरे ।

सिनियर ब्वाइजमा ज्ञानदीपले एसओएसलाई ३५–३४, बुद्ध एकेडेमीले एडभान्सलाई ६९–३५, टीआईएले अर्बिटलाई ४३–१४ तथा डाफोडिलले बूढानीलकण्ठलाई ५१–५० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे । ज्ञानदीपका केशवले ११, बुद्ध एकेडेमीका फुर्वा निमाले १९, टीआईएका सुमित शाहीले १२ र डाफोडिलका प्रिन्स गुरुङले १९ अंक जोडे ।

२०७६ भाद्र १, आईतवार मा प्रकाशित

Loading...

Leave a Comment