एसेज : रोमान्चक दोश्रो टेस्ट बराबरीमा टुंगियो

इंग्ल्याण्डमा जारि एसेज सिरिज अन्तर्गत रोमान्चक दोश्रो टेस्ट बराबरीमा टुंगिएको छ। पहिलो टेस्ट २५१ रनले जितेको अस्ट्रेलिया सिरिजमा १-० ले अघि रहेको छ। तेश्रो टेस्ट अगस्ट २२ मा हेडिंगलेमा खेलिनेछ।

टेस्टमा टस हारेको इंग्ल्याण्डले पहिले ब्याटिंग गर्दै २५८ रन बनाएको थियो। अस्ट्रेलियाले पहिले इनिंगमा २५० रन बनाएपछि इंग्ल्याण्डले पहिलो इनिंगमा ८ रनको अग्रता पाएको थियो। पाँचौ दिन चिया सत्र अघि इंग्ल्याण्डले आफ्नो दोश्रो इनिंग २५८/५ मा घोषणा गरेपछि अस्ट्रेलियाले २६७ रनको लक्ष्य पाएको थियो।

दोश्रो इनिंगमा इंग्ल्याण्डको लागि बेन स्टोक्सले ११५ रन बनाए। यो उनको टेस्ट करियरको सातौँ शतक हो।

रोमान्चक रह्यो चौथो इनिंग , टेस्ट जोगाउन सफल रह्यो अस्ट्रेलिया

लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले सुरुवात देखि दबाब बनाएको थियो। जोफ्रा आर्चरले डेभिड वार्नर ( ५ ) र उस्मान ख्वाजा ( २ ) लाई आउट गर्दै भ्रमण टिमलाई दबाब बनाएका थिए।

क्यामरन बयानक्रफ्ट पनि १६ रन बनाएर ज्याक लिचबाट एलबिडब्लु भए पछि झनै दबाबमा आएको अस्ट्रेलियालाई त्यसपछि स्टिभ स्मिथको सट्टा अन्तिम-११ मा प्रवेश पाएका मार्नस ल्याबुसेन र ट्राभिस हेडले उकासे।

ल्याबुसेनlले अर्धशतक बनाए 

ल्याबुसेन र हेडले चौथो विकेटको लागि ८५ रनको साझेदारी गर्दै इंग्ल्याण्डको जित्ने आशामा तुषारापात गरे। ५९ रन बनाएका ल्याबुसेनलाई ज्याक लिचले क्याच आउट गर्दै इंग्ल्याण्ड खेलमा फर्कियो। त्यस लगत्तै म्याथु वेडलाई लिचले आउट गरे भने कप्तान टिम पेनलाई आर्चरले आउट गरे।

१४९/६ को अवस्थामा अस्ट्रेलिया पुग्दा दिनको खेल मात्र ५ ओभर बाँकि थियो। त्यसपछि ट्राभिस हेड र प्याट कमिन्सले विकेट नगुमाई ब्याटिंग गरे र टेस्ट बराबरीमा टुंगियो। हेडले अविजित ४२ रन बनाए।

इंग्ल्याण्डको बलिंगमा जोफ्रा आर्चर ( १५-२-३२-३ ) र ज्याक लिच ( १६.३-५-३७-३ ) ले ३/३ विकेट लिए।

टेस्ट समरी :- 

इंग्ल्याण्ड पहिलो इनिंग – २५८ ( बर्न ५३,  बेयरस्टो ५२ , कमिन्स ३/६१ , हेजलवुड ३/५८ , लायन ३/६८ )
अस्ट्रेलिया पहिलो इनिंग – २५० ( स्मिथ ९२ , ब्रड ४/६५ , वोक्स ३/६१ )
इंग्ल्याण्ड दोश्रो इनिंग – २५८/५ इनिंग घोषणा ( स्टोक्स ११५* , कमिन्स ३/३५ )
अस्ट्रेलिया दोश्रो इनिंग – १५४/६ ( ल्याबुसेन ५९, हेड ४२*, आर्चर ३/३२, लिच ३/३७ )

 

२०७६ भाद्र २, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment