पाकिस्तान क्रिकेट बोर्डको इमेलमा भारत टिमलाई आक्रमणको धम्कि

वेस्टइन्डिज टुरमा सिरिजकको दौरान रहेको भारतीय क्रिकेट टिमलाई धम्कि आएको छ। धम्कि पछि भारतीय टिमको सुरक्षा व्यवस्था कडा पारिएको छ।

भारतीय टिमलाई यस्तो धम्कि पाकिस्तान क्रिकेट बोर्डको इमेलमा अगस्ट १६ मा अज्ञात श्रोत बाट आएको क्रिक्बजले लेखेको छ। उक्त इमेलमा भारतीय टिमलाई आक्रमणको धम्कि रहेको थियो। धम्कि कुन आतंकवाद समुहले पठाएको उल्लेख थिएन।

उक्त इमेल पाएपछि पाकिस्तान बोर्डले आईसीसी र भारतीय क्रिकेट बोर्डलाई फरवार्ड गरेको थियो। यसपछि वेस्टइन्डिजमा भारतीय टिमलाई अतिरिक्त सुरक्षा व्यवस्था गरिएको छ।

अफवाह मात्र 

आईसीसी र वेस्टइन्डिज क्रिकेट बोर्डले भने यो खबर अफवाह मात्रै भएको बताएको छ। बिसीसीलाईले पनि त्यसलाई स्वीकार्दै भारतीय टिम सुरक्षित रहेकोमा ढुक्क हुन आग्रह गरेको छ।

“हिले सुरक्षा एजेन्सीहरुलाई खबर गरिसकेका छौँ र त्यहाँबाट यो मात्र अफवाह रहेको पत्ता लागेको छ” एक बिसीसीआई अधिकारीले पीटिआईलाई बताएका छन्।

अफवाह मानिएपनि भारतीय बोर्डले सुरक्षामा कम्प्रमाइज नगर्ने बताएको छ।

धम्कि पछि सुरक्षा व्यवस्था कडा पारिएको छ ( सांकेतिक फोटो )

“हामीले एन्टीगुवाको हाइ कमिसनलाई खबर गरि सकेका छौँ। त्यहाँको सुरक्षा व्यवस्थाको समेत पुनः जांच गर्दैछौँ। त्यहाँ सुरक्षामा कुनै कमि रहेको छैन” एक अधिकारीले बताए।

“इमेल हेर्दा झुटो जस्तो लाग्छ जहाँ अन्जान व्यक्तिहरुको नाम लेखिएको छ। यो पक्का छ कि यो अफवाह मात्रै हो र भारतीय टिमलाई कुनै खतरा छैन” पाकिस्तान बोर्डका उक्त धम्कीपूर्ण पत्र पढ्ने एक अधिकारीले टाइम्स अफ इन्डियालाई बताएका छन्।

भारतीय टिम वेस्टइन्डिज टुर अन्तर्गत सेप्टेम्बरसम्म रहनेछ। टि-२० र एकदिवसीय सिरिज जितेपछि अब भारत र वेस्टइन्डिज बीच २२ अगस्ट देखि २ म्याचको टेस्ट सिरिज खेलिनेछ। दोश्रो टेस्ट ३० अगस्ट देखि सुरु हुनेछ।

 

२०७६ भाद्र २, सोमबार मा प्रकाशित