ग्रीनल्याण्ड बास्केटबलमा ५२ टिम

चौथौं क्वीक्स चिजबल ग्रीनल्याण्ड अन्तर बिद्यालय बास्केबल प्रतियोगिता बुधवार देखि शुरु हुने आयोजक स्कुलका प्रिन्सिपल थकिनकुमार गुरुङले पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

स्थ्यका लागि खेलाडी राष्ट्रका लागि” भन्ने मुल नारामा आधारित रहि प्रतियोगिता आयोजना गदै आएको प्रिन्सिपल गुरुङले पत्रकार सम्मेलनमा जानकारी गराए । प्याब्सन प्रदेशका ३ का अध्यक्ष समेत रहेका  गुरूङले  स्कुल टु ओलम्पिकको सपना साकार गर्न बिद्यालय खेलकुदमा राज्यले लगानी गर्नु पर्नेमा जोड दिए ।

लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगिताको तीन समूहमा ५२ टिमको सहभागिता रहेको छ । जुनियर छात्रतर्फ २४ टिम, सिनियर छात्रातर्फ १२ टिम र सिनियर छात्रतर्फ १६ टिम सहभागीता रहेको प्रतियोगिता संयोजक पुर्ण न्यौपानेले जानकारी गराए । जुनियर ब्वाईजमा भने कक्षा ८सम्म अध्यायन गर्ने ४ फिट १० इन्च सम्मका उचाई भएकाले सहभागिता जनाउन पाउने न्योपानेले बताए । क्वीक्स चिजबल प्रमुख प्रायोजकको रूपमा सहभागी हुदै आएको छ ।

नेपाल बास्केटबल संघको प्राविधिक सहयोग र बास्केटबल संधको मान्यताप्राप्त रेफ्रीहरूले सञ्चालन गर्ने प्रतियोगिता समग्रमा ८१ वटा खेलहरू संचालन हुने छन् । भाद्र १३ गते सम्म संचालन हुने प्रतियोगिताको अनुमानित बजेट ३ लाख रहेको छ  । प्रतियोगिताको गतबर्षको सिनियर छात्र र सिनियर छात्रातर्फको च्याम्पियन आयोजक ग्रिनल्याण्ड स्कुल थियो भने  जुनियरतर्फको उपाधि  लाँलीगुरास स्कुलले हात पारेको थियो ।

२०७६ भाद्र ३, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment